Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज भदौ १६ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज भदौ १६ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज भदौ १६ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ भदौ १६ गते बुधबार । तदनुसार १सेप्टेम्बर २०२१ । श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    आजको पंचाङ्ग : 

    images
    images
    images

    वि.सं. भदौ १६, २०७८ । ई.सं. 01 Sep, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ गुँलागा । दक्षिणायन । वर्षा । बुधवार । भाद्र कृष्णपक्ष । तिथि - दशमी , २८:०२ बजे उप्रान्त एकादशी । नक्षत्र - मृगशिरा , ११:४६ बजे उप्रान्त आर्द्रा । योग - वज्र , १०:०५ बजे उप्रान्त सिद्धि । करण - वणिज १५:११ बजेदेखि भद्रा , २८:०२ बजे उप्रान्त कौलव । चन्द्रराशि - मिथुन । आनन्दादि योग - अमृत । दिनमान ३१।४० । सूर्योदय ५:४३ । सूर्यास्त १८:२३ ।  

    images
    images
    images

    आजको राशिफल :- 

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    व्यवसाय सफल हुनेछ । आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    मनमा असन्तोष बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खान पानमा ख्याल गर्नुहोला । 

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट प्रसस्त आम्दानी होला । 

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    खर्चमा वृद्धि हुनेछ । प्रियजन संग बिछोड ।  शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    पराक्रम बढ्नेछ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    भगवान प्रति भक्ति बढ्नेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    रोजगारी तथा व्यवसायमा घाटा हुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खान पानमा विशेष सतर्कता अपनाउनु होला । 

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मन प्रसन्न रहने छैन । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । 

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । 

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    काम विग्रने खालको समय छ । आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।