Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा राष्ट्रिय स्क्रायबल प्रतियोगीता हुँदै, २० जिल्लाका ९० खेलाडी सहभागी हुने

गुल्मीमा राष्ट्रिय स्क्रायबल प्रतियोगीता हुँदै, २० जिल्लाका ९० खेलाडी सहभागी हुने

images
  • गुल्मीमा राष्ट्रिय स्क्रायबल प्रतियोगीता हुँदै, २० जिल्लाका ९० खेलाडी सहभागी हुने
    images
    images

    टोपलाल अर्याल, गुल्मी  । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले  देशभरका सामुदायिक विद्यालयमा पहिलो पटक राष्ट्रियस्तरको स्क्रायबल प्रतियोगिता आयोजना गरेको छ । ९ र १० कार्तिकमा हुने प्रतियोगीतामा सहभागीता जनाउन काठमाण्डौ, भक्तपुर र ललितपुर लगायत २० जिल्लाका ९० बढि खेलाडी सहभागी हुने सिद्धबाबा माविका प्रधानाध्यापक डोरबिक्रम श्रीसले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगीता खर्चसहितको सवै व्यावस्थापनको काम सिद्धबाबा माविले गरेको छ । प्रतियोगीतामा प्रथम, द्धतिय, तृतिय र सान्त्वना हुनेले क्रमश १०, ८, ६ र ४ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    images
    images
    images

    श्रीसले प्रतियोगीतामा आजसम्म आफुहरुको विद्यालयले जिल्लाको तर्फबाट सहभागीता जनाईरहेकाले अहिले राष्ट्रिय प्रतियोगीताकै आयोजना गरिएको बताए । उनले प्रतियोगीताले जिल्लाको प्रचार–प्रसारसंगै गरिमालाई उच्च बनाउने अपेक्षा गरिएको बताए । 

    images
    images
    images

    के हो स्क्रायवल क्लब ?

    स्क्रायवल क्लबका केन्द्रीय अध्यक्ष केशव पराजुलीले बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लब र प्रतियोगीताको बारेमा जानकारी गराए । उनले खेलसंगैको सिकाइ युगकै उत्कृष्ट विकल्प भएकाले स्क्रायवललाई आफुहरुले अगाडी बढाएको बताए । 

    आजभन्दा करिब १० वर्षअघि पोखरा सार्वजनिक पुस्तकालयमा स्क्रायवल क्लबको सुरुवात गरिएको थियो । उनले औपचारिक सिकाइले मात्र सार्वाङ्गीण विकास सम्भव नहुने भएकाले स्वयमसेवी भावनाका साथ स्क्रयावललाई अगाडी बढाइएको बताए । 

    नेपालमा २०७६ सालमा स्क्रयावलल क्लबको विधिवत्रुपमा गठन गरिएको थियो । यो खेल अहिले विश्वका २० भन्दा बढि भाषामा एक सय २० भन्दा बढी देशमा चार हजार भन्दा बढी क्लबहरुले संयोजन गरेर खेलिने गरेको केन्द्रिय अध्यक्ष पराजुलीले बताए । 

    हाल नेपालका ७७ जिल्लामध्ये ४० भन्दा बढी जिल्लाहरुमा यो खेल परिचित भइसकेको छ । 

    पराजुलीका अनुसार सिद्धबाबा माविमा पहिलो दिनको खेल बिहान पौने आठ बजेदेखि साँझ ७ बजेसम्म ११ वटा खेल हुनेछन् । यो प्रतियोगीताबाट छनौट हुने २५ जना खेलाडीले विभिन्न अन्तराष्ट्रिय प्रतियोगीताहरुमा सहभागी पराजुलीले बताए । 

    साथै विद्यालयमा विभिन्न बिषयमा गोष्ठिको समेत आयोजना गरिएको छ । खेल मार्फत शिक्षण सिकाई, संस्थागत दक्षता, शिक्षकहरु स्मार्ट कसरी बन्ने भन्ने बिषयमा केशब पराजुली, हिरालाल अर्याल, गोपाल प्रसाद बस्याल र दिपक गौतमले सहजीकरण गर्ने कार्ययोजना रहेको छ । कार्यक्रममा विद्यालयबाट जति जना सहभागी भएपनि निशुल्क रुपमा कक्षाको व्यावस्था आयोजकले गरेको छ । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रेसुंगा नगरपालिका–८ का वडाध्यक्ष निरञ्जन थापाले प्रतियोगीता जिल्लाकै गौरवको विषय भएकाले सफल बनाउन सवैको सहयोग आवश्यक रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।