Logo

२०८३, आश्विन १०गते


images
images

अस्ट्रेलियामा सगरमाथा आवासीय माविका प्राचार्य पौडेललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड

अस्ट्रेलियामा सगरमाथा आवासीय माविका प्राचार्य पौडेललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड

images
  • अस्ट्रेलियामा सगरमाथा आवासीय माविका प्राचार्य पौडेललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड
    images
    images

    देवदह । रुपन्देहीको देवदह-७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४ द्वारा सम्मान गरिएको छ । अङ्ग्रेजी म्यागजिन कलेज रिडर्सले बुधबार नेसनल युनिभर्सिटी क्यानबेरामा आयोजित एक कार्यक्रममा प्राचार्य पौडेलसहित शिक्षा क्षेत्रका अध्यक्ष, क्याम्पस प्रमुख र प्राचार्यहरूलाई सम्मान गरेको हो । 
     
    म्यागजिनले देशभरिबाट सामुदायिक क्याम्पस, सामुदायिक विद्यालय पब्लिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पस र निजी तथा आवासीय विद्यालयहरूका अध्यक्ष र प्राचार्यहरू गरी १५ जनालाई व्यक्तिगत रूपमा र ३० जनालाई संस्थागत रुपमा अवार्डहरू वितरण गरेको जनाएको छ । जसमा रुपन्देही जिल्लाबाट सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य तथा स्वर्णिम सगरमाथा कलेजका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेललाई  र नवीन औद्योगिक कदरवहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४  प्रदान गरिएको हो । 

    images
    images
    images

    त्यस्तै, क्रिमसन कलेज अफ टेक्नोलोजी बुटवललाई प्राप्त बेस्ट हेल्थ साइन्स एन्ड आइटी कलेज अवार्ड २०२४ क्याम्पस प्रमुख देवी भण्डारीलाई प्रदान गरिएको छ । सिद्धार्थ ग्यालेक्सी पब्लिक स्कुल तिलोत्तमाका जीवन गुरुङले गुडविल उपलब्धि अवार्ड २०२४ प्राप्त गरेका छन् । 

    images
    images
    images

    अवार्ड वितरण समारोहमा अवार्ड वितरण जुरी समितिका संयोजक समेत रहेका मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपकबहादुर शाक्य, नेपाली राजदूतावास क्यानबेराका प्रतिनिधि भोजेन्द्रराज लिंगदेल, अस्ट्रेलियन नेसनल युनिभर्सिटी क्यानबेराका मार्केटिङ म्यानेजर सुमन भट्टराई, एनआरएनए क्यानबेराका कोषाध्यक्ष विनोद केसी, कलेज रिडर्सका संरक्षक तथा हिसान बागमती प्रदेश अध्यक्ष भवानीप्रसाद पौडेलले बोलेका थिए । 

    images
    images
    images

    कार्यक्रमा कलेज रिडर्सका प्रधान सम्पादक रामहरि सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।