Logo

२०८३, कार्तिक २७गते


images
images

रुपन्देहीमा तास खेलिरहेका पाँचजना पक्राउ

रुपन्देहीमा तास खेलिरहेका पाँचजना पक्राउ

images
  • रुपन्देहीमा तास खेलिरहेका पाँचजना पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    कमल रायमाझी, भैरहवा ।  रुपन्देहीबाट जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भैरहवाले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ८ को बसडिलवाबाट मंगलवार  जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरी निरीक्षक नेत्र बुढाको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ९० हजार नगदसहित पक्राउ गरेको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।

    images
    images
    images

    पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखी अनुसन्धान भैरहेको रूपन्देही प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    नेपालको कानूनअनुसार जुवातास खेल्नु गैरकानुनी हो । नेपालमा मुलुकी अपराध संहिता २०७४ अनुसार, जुवा खेल्ने, जुवातास खेलाउने वा त्यसमा संलग्न हुने व्यक्तिलाई कानुनी कारबाहीको ब्यबस्था छ।

    यदि कुनै व्यक्ति जुवा खेलिरहेको भेटिएमा तीन महिनासम्मको जेल सजाय हुन सक्छ वा  पाँच हजार रुपैयाँसम्मको जरीवाना वा दुवै सजाय हुने ब्यबस्था कानुनले गरेको छ ।

    तिहार लगायतका चाडपर्व नजिकिरहंदा जुवातास नियन्त्रण र शान्ति सुव्यवस्थाको लागि रुपन्देही प्रहरी सकृय बनेको  जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।