Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकाको ‘ए’ टोलीसँग निरीह नेपाल, ४ विकेटले पराजित

अमेरिकाको ‘ए’ टोलीसँग निरीह नेपाल, ४ विकेटले पराजित

images
  • अमेरिकाको ‘ए’ टोलीसँग निरीह नेपाल, ४ विकेटले पराजित
    images
    images

    काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँगको त्रिकोणात्मक एकदिवसीय खेलको तयारीमा रहेको नेपालले त्यसअघि भएको अमेरिकी ‘ए’ टोलीविरुद्धको अभ्यास खेलमा कमजोर ब्याटिङ गरेको छ।

    images
    images
    images

    टी-२० सिरिज ‘क्लिन स्विप’ गरेर लयमा फर्किएको विश्वास गरिएको नेपाली टोली मंगलबार राति भएको खेलमा ८१ रनमा समेटियो।

    images
    images
    images

    ८२ रनको कमजोर लक्ष्य पछ्याएको अमेरिका ए ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएपनि टिमको कमजोर स्कोर जोगाउन भने सकेनन्। अमेरिकाका लागि नितिश रेड्डीले २९ रन बनाउँदा राहुल जरिवालालाले २६ रन बनाए।

    images
    images
    images

    त्यस्तै, सञ्जय कृष्णमूर्तीले १० रन बनाएका थिए। नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले समान १-१ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २५.२ ओभरमा ८१ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १८ रन बनाए।

    उनी बाहेक देव खनालले १२ रन बनाउँदा कप्तान रोहित पौडेलले ११ तथा भीम सार्कीले १० रन बनाए। अमेरिकाका लागि आरिन नदकर्नीले ४ विकेट हात पारे।

    त्यस्तै आयान देसाईले २ तथा पारादकर, उत्कर्ष श्रीवास्ता र अलिशेखले १-१ विकेट लिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिकाको ‘ए’ टोली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।