Logo

२०८३, कार्तिक २७गते


images
images

गुल्मिमा पेट्रोल भरेर स्टार्ट गर्दा मोटरसाइकलमा आगो लाग्यो

गुल्मिमा पेट्रोल भरेर स्टार्ट गर्दा मोटरसाइकलमा आगो लाग्यो

images
  • गुल्मिमा पेट्रोल भरेर स्टार्ट गर्दा मोटरसाइकलमा आगो लाग्यो
    images

    गुल्मी । पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा गुल्मिमा अचानक मोटरसाइकलमा आगो लागेको छ । आगो लागेपछी मोटरसाइकल जलेर जष्ट भएको छ ।

    images
    images
    images

    आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी गराए । पोखरेलका अनुसार बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु ८ प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।

    images
    images
    images

    आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको र मानवीय क्षति भने हुन नपाएको उनले बताए ।

    images
    images

    मोटरसाइकलमा लागेको आगो नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।