Logo

२०८३, कार्तिक २७गते


images
images

जग्गा दानविरुद्ध बोल्ने नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन एमालेको पत्र

जग्गा दानविरुद्ध बोल्ने नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन एमालेको पत्र

images
  • जग्गा दानविरुद्ध बोल्ने नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन एमालेको पत्र
    images

    काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णय विपरीत बोल्ने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् ।

    images
    images
    images

    आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    सचिवालयको निर्णय बमोजिम महासचिव पोखरेलले पार्टीको निर्णय विपरीत टिप्पणी गर्नुको कारण सोधेका छन् । ‘… विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

    images
    images

    एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरुलाई लिलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासन सम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।


    पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय कार्यालय स्वीकार्ने पार्टी निर्णयप्रति विमति जनाएका थिए । पार्टिले पूर्वउपाध्यक्ष रावललाई भने यो निर्णय विपरीत बोल्ने मात्र नभएर विगत लामो समयदेखि अलग गतिविधि गरेको आरोप लगाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जग्गा दान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।