Logo

२०८३, श्रावण २७गते


images
images

अमेरिकामा गुल्मेलीको सरायँ र पट्टा नाच

अमेरिकामा गुल्मेलीको सरायँ र पट्टा नाच

images
  • अमेरिकामा गुल्मेलीको सरायँ र पट्टा नाच
    images
    images

    टोपलाल अर्याल, गुल्मी । अमेरिकामा रहेका गुल्मेलीहरुले दशैमा खेल्ने सरायँ र पट्टा नाच प्रस्तुत गरेका छन्  । सरायँसहितको मेला हेर्न अमेरिकाको ड्यालास आसपासमा बस्ने करिब ६ सय गुल्मेलीको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    दशैंको बेला गुल्मीको बिभिन्न कोतहरुमा टिकाको दिनबाट पुर्णिमासम्म हुने सरायँ नाच पन्चेबाजा सहित हुने गर्दछ ।  

    images
    images
    images

    आईतबार ड्यालासमा प्रस्तुत सरायँ र पट्टाले गाउँकै झल्लो दिएको थियो । 

    images
    images
    images

    दिपक भण्डारी संयोजक रहेको गुल्मेली चौतारी टेक्सास नामको संस्थाले पहिलो पटक  बनभोज कार्यक्रम पनि आयोजना गरेको हो । 

    america2.jpg

    नेपालका गाउँहरुमा ऎतिहासिक सरायँ, पट्टा र मालश्री हराउँदै जान थालेका छन् । तर, स्वदेशकै शहर र परदेशमा भने  यसको आकर्षण बढ्दै गएको छ ।

    कार्यक्रममा बिभिन्न ऐतिहासीक तथा धार्मिक स्थलहरुको फोटो प्रदर्शनी, गुल्मी जिल्लाको क्षेत्र नम्बर १ र २ का पुरुषबिच डोरी तान्ने खेल, महिलाको तातो आलु, बाल बच्चाको नृत्य लगायतका बनभोज कार्यक्रम रहेको थियो । 

    सूर्य थापाले सन्चालन गरेको कार्यक्रममा ड्यालसमा पन्चेबाजा समुहनै निर्माण गरेका गुल्मेली हरी थापाको नेृतृत्वमा सांस्कृतिक कार्यक्रम गरिएको थियो। 

    कार्यक्रममा सहभागी लगभग ६०० जनालाई नारायण क्षेत्री, घनश्याम पोखरेल, सागर अर्याल, केशब ज्ञवाली लगायतको समुहले कार्यक्रम स्थलमै निशुल्क बनभोज गराएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।