पोखरा । गण्डकीका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले सपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पौडेललाई सपथ खुवाएका हुन्।
उनलाई सोमबार नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेका थिए। राजीव गुरुङ उर्फ दीपक मनाङेले अस्वीकार गरेको मन्त्रालयलाई लामो समयपछि पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्।
भदौ १७ गते गण्डकी प्रदेश सरकारमा एमालेलाई सहभागी गराएसँगै मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट वन मन्त्रालयमा सारेपछि अस्वीकार गर्दै राजीनामा दिएका थिए।
नवनियुक्त वनमन्त्री पौडेल लमजुङ प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए। उनी शेखर–गगन समूहबाट मन्त्री बनेका हुन्। उनी नेपाली कांग्रेस लमजुङको निवर्तमान सभापतिसमेत हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology