Logo

२०८३, कार्तिक २७गते


images
images

न्यायपालिकालाई लयमा फर्काउनेछु : प्रधानन्यायाधीश राउत

न्यायपालिकालाई लयमा फर्काउनेछु : प्रधानन्यायाधीश राउत

images
  • न्यायपालिकालाई लयमा फर्काउनेछु : प्रधानन्यायाधीश राउत
    images

    काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई  प्रभावकारी र समृद्ध रुपमा लयमा फर्काउने बताएका छन् ।

    images
    images
    images

    सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने बताएका हुन् ।

    images
    images
    images

    अदालतभित्र अप्ठ्यारोहरु, असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने उल्लेख गरे । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौती हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताए।

    images
    images

    उनले भने, ‘हाम्रो देश सानो छ। जताततै चुनौती छ। राज्यको चौथो अंगमा पनि चुनौती देखिन्छ। हाम्रा अड्डा अदालतमा पनि निकै छन्। यताको म नैतिक जिम्मेवारी लिन तयार छु। तपाईंहरुले मलाई सुझाउनुस्, यो अदालतभित्रको जे जति अप्ठ्याराहरु, असहज परिस्थितिहरु छन्, यसलाई मैले सल्टयाउने नै हो। त्यसको मैले नैतिक जिम्मेवारी लिने पनि हो। र मैले तपाईंहरुलाई फेरि पनि दोहोर्‍याएर भन्छु– हामीसँग निष्ठा छ। र निष्कलंक छवि भएका न्यायाधीशहरु छन्। त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश राउत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।