Logo

२०८३, कार्तिक २७गते


images
images

स्याङ्जा बम बिस्फोट घटनामा घरधनी गोविन्द पुरी पक्राउ

स्याङ्जा बम बिस्फोट घटनामा घरधनी गोविन्द पुरी पक्राउ

images
  • स्याङ्जा बम बिस्फोट घटनामा घरधनी गोविन्द पुरी पक्राउ
    images

    राजेश पराजुली, पोखरा । स्याङ्जाको चापाकोटमा भएको बम विस्फोट घटनाका सम्बन्धमा प्रहरीले घरधनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नं. ४ पुरीगाउँका ४५ वर्षीय गोबिन्द पुरी रहेका छन् ।

    images
    images
    images

    उनी इलाका प्रहरी कार्यालय चापाकोटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गर्न पुरीलाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।

    images
    images
    images

    शनिबार दिउँसो करिब ३ बजे पुरीकै घरमा सकेट बम विस्फोट भएको थियो । बम विस्फोट हुँदा उनी घाइते भएका थिए । उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि लुम्विनी मेडिकल कलेज पाल्पा लगिएको थियो ।

    images
    images

    अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जा, सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेर मुचुल्कालगायतका कार्य गरेको थियो ।

    टोलीले घटनास्थलबाट उच्च विस्फोटक पदार्थ ९ सय ग्राम, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका दुई थान बरामद गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्याङ्जा बम बिस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।