Logo

२०८३, कार्तिक २७गते


images
images

अश्रु ग्यास र पानीको फोहोरा हान्दा समेत पछि हटेनन प्रदर्शनकारी

अश्रु ग्यास र पानीको फोहोरा हान्दा समेत पछि हटेनन प्रदर्शनकारी

images
  • अश्रु ग्यास र पानीको फोहोरा हान्दा समेत पछि हटेनन प्रदर्शनकारी
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा अश्रु ग्यास र पानीको फोहोरा हान्दा समेत रास्वपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन जारी राखेका छन । शुक्रबार पक्राउ गरी पोखरा ल्याइएका रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदातलमा उपस्थित गराइने भएपछि रास्वपाका कार्यकर्ताहरुले विहान ११ बजेदेखी पोखराको सहिदचोकमा प्रदर्शन गरिरहेका छन ।

    images
    images
    images

    प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले शुरुमा पानीको फोहोरा हानेको र त्यसपछि एक राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । अश्रु ग्यास र पानीको फोहोरा प्रहार गर्दा समेत प्रदर्शनकारीले प्रदर्शनलाई जारी राखेका छन ।

    images
    images
    images

    यद्यपि जिल्ला प्रशासन कार्यालय कास्कीले पौने १२ बजे एक सुचना प्रकाशन गरी कास्कीको दुई ठाँउलाई आधार मानी निषेधित क्षेत्र घोषणा गरेको भएतापनि निषेधित क्षेत्र घोषणा पहिलेनै रास्वपाका कार्यकर्ताहरु सहिदचोकमा बाक्लो उपस्थिती रहका कारण प्रहरी प्रशासनलाई प्रदर्शनकारीलाई हटाउन हम्मे हम्मे परेको हो ।

    images
    images

    केही बेर अगाडी प्रदर्शन कारीहरुले आफुहरुले मौन तवरले प्रदर्शन गर्ने भनेर प्रहरी संग आग्रह गरेको भएतापनि उच्श्रृङखल नारा र गतिविधी गर्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । पानीको फोहोरा प्रहार गर्दा समेत प्रदर्शनकारीहरुले प्रदर्शनलाई जारी राखेका छनभने सरकार र प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदर्शनकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।