Logo

२०८३, कार्तिक २७गते


images
images

रवि पक्राउ पर्ने चर्चासँगै रास्वपा कार्यालय केन्द्रित हुन थाले नेताकार्यकर्ता

रवि पक्राउ पर्ने चर्चासँगै रास्वपा कार्यालय केन्द्रित हुन थाले नेताकार्यकर्ता

images
  • रवि पक्राउ पर्ने चर्चासँगै रास्वपा कार्यालय केन्द्रित हुन थाले नेताकार्यकर्ता
    images

    काठमाडौँ । सभापति रवि लामिछाने पक्राउ पर्नसक्ने चर्चा चलेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा नेता–कार्यकर्ताहरु भेला हुन थालेका छन् ।

    images
    images
    images

    काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा यतिबेला पार्टीका नेताकार्यकर्ताहरु पुग्न थालेका हुन्। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले दोषी ठहर गरेको थियो।

    images
    images
    images

    गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा उनले सहकारीको रकम अपचलन गरेको समितिको ठहर छ। यसअघि उनीसँगै गोर्खा मिडियामा साझेदार रहेका छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए।

    images
    images

    जोशी पक्राउ परेको दिन पनि सभापति लामिछाने पनि पक्राउ पर्नसक्ने भन्दै रास्वपाले कार्यकर्तालाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर जारी गरेको थियो। त्यतिबेला भने उनी पक्राउ परेनन्। स्रोतका अनुसार उनी आज पक्राउ पर्नसक्ने सम्भावना छ।

    लामिछानेले भने आफूलाई पक्राउ गरिए प्रतिवाद गर्ने बताउँदै आएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा कार्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।