Logo

२०८३, आश्विन १०गते


images
images

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको विजयी सुरुवात

साफ महिला च्याम्पियनसिप : श्रीलंकाको विजयी सुरुवात

images
  • साफ महिला च्याम्पियनसिप : श्रीलंकाको विजयी सुरुवात
    images
    images

    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ । श्रीलंकाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकालेको हो । 

    images
    images
    images

    श्रीलंकालाई जित दिलाउन इमेसा अनुराधिनीले निर्णायक गोल गरिन् । इमेसाले खेलको १७औँ मिनेटमा गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएकी थिइन् । कोस्वाथथागे परेराले दाहिने भागबाट गरेको क्रसमा इमेसाले हेडर गोल गरिन् ।

    images
    images
    images

    त्यसबाहेक खेलमा श्रीलंकाले केही उत्कृष्ट गोलका अवसर खेर फाल्यो । आठौँ मिनेटमा शिवानेश्वरन थर्मिकाले १८ यार्ड बक्सबाट गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । जसलाई माल्दिभ्सका रक्षकले क्लियर गर्दै खतरा टारे‌ । ३३औँ मिनेटमा श्रीलंकाले अर्को सुनौला अवसर सदुपयोग गर्न सकेन । 

    images
    images
    images

    डिफेन्सबाट आएको बललाई इमेसाले नियन्त्रणमा लिँदै पेनाल्टी बक्सको दाहिने तर्फबाट प्रहार गरे पनि त्यसलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले विफल बनाइन् । सोही रिबाउन्डमा इमेसाले अर्को प्रहार गरे पनि पुनः माल्दिभ्सकी गोलकिपर लिजाले पन्च गर्दै खतरा टारिन् ।

    माल्दिभ्सले भने खेलभर गोलका कुनै पनि अवसर सिर्जना गर्न सकेन । 

    प्रतियोगितामा माल्दिभ्स र श्रीलंका समूह बी मा छन् । यो समूहमा यी दुई टिमसँगै भुटान र नेपाल छन् । जितसँगै श्रीलंकाले तीन अंक जोडेको छ । प्रतियोगिताको समूह ए मा भारत, पाकिस्तान र बंगलादेश छन् ।

    प्रतियोगितामा घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग आजै खेल्ने तालिका छ । यो खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।