Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० आई सिरिज : नेपालले अमेरिकालाई हरायो

टी-२० आई सिरिज : नेपालले अमेरिकालाई हरायो

images
  • टी-२० आई सिरिज : नेपालले अमेरिकालाई हरायो
    images
    images

    काठमाडौं । टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई हराएको छ । आज विहान अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।

    images
    images
    images

    पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाउँदै अमेरिकालाई १६५ रनको लक्ष्य दिएको थियो ।अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

    images
    images
    images

    अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

    images
    images
    images

    अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीनरतीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए ।

    हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एकरएक विकेट लिए ।

    नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल, रिजन ढकाल र करण केसी ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० आई सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।