देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा संचालित टोलस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा स्कुल र देउराली टोल विजयी भएका छन् । दुईदिनसम्म चलेको प्रतियोगिताको बिहिबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ स्कुल टोल र महिला तर्फ देउराली टोल विजयी भएका हुन् ।
मुखिया टोलविकास संस्थाले आयोजना गरेको टोल स्तरीय प्रतियोगितामा पुरुष तर्फबाट स्कुलटोल प्रथम, मुखियाटोल दोस्रो र महेन्द्रटोल तेस्रो भए । त्यसैगरी महिला तर्फ देउराली टोल प्रथम, स्कुलटोल दोस्रो र महेन्द्रटोल तेस्रो भए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने पुरुष समूहलाई क्रमश: नगद १० हजार १०० रुपैयाँ, ७ हजार १०० रुपैयाँ, ३ हजार १०० रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै महिला तर्फ प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमश: ५ हजार १०० रुपैयाँ, ३ हजार १५५ रुपैयाँ, १ हजार ५०० रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेता समूहलाई पुरस्कार वितरण गर्दै देवदह ८ का वडाअध्यक्ष हरि प्रसाद पाण्डेले खेलकुदले मानिसलाई स्वस्थ र सृजनशील बनाउने बताए । सो अवसरमा उनले आगामी दिनमा वडा कार्यालयले खेलकुदलाई थप प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेश राज भुजु, देवदह खानेपानीका अध्यक्ष गुमनसिङ कुवर, टोल विकास संस्थाका अध्यक्ष रिम बहादुर ढेगा लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology