सिद्धार्थनगर । नेपाल प्रहरीको ६९ औँ प्रहरी दिवसका अवसरमा इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय मातहतबाट पुरस्कृत हुने उनी एकमात्र प्रहरी अधिकृत हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी दिवशको अवसरमा प्रहरी निरिक्षक घिमिरेलाई नगद सहित पुरस्कृत गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा भएको विशेस कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यद्धारा प्रहरी निरिक्षक घिमिरे पुरस्कृत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले शान्ति सुरक्षा तथा चोरि तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेवापत प्रहरी निरिक्षक घिमिरेलाई पुरस्कृत गरिएको बताए ।
रुपन्देहीको पुर्व दक्षिण क्षेत्रको सुरक्षा जिम्मेवारीको नेतृत्व गरिरहेका घिमिरेले लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलेको, चोरि तस्करी तथा सीमा अपराध नियन्त्रण गर्नमा स्थानीय जनसमुदायसंग सहकार्य गरेर काम गरेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।
जिल्लामा प्रहरी व्याटनको तयारी राम्रो गरेको तथा स्थानीय जनसमुदायसंग सहकार्यमा उत्कृष्ट कार्यसम्पादन गरेका कारण प्रहरी निरिक्षक घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालयवाट नगद सहित पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।
प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका विभिन्न जिल्लाबाट एक जना प्रहरी उपरीक्षक, १ जना प्रहरी नायव उपरीक्षक, ४ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी सहायक निरीक्षक, ९ प्रहरी हवल्दार र ४ जना प्रहरी जवान पुरस्कृत भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology