Logo

२०८३, श्रावण २७गते


images
images

को हुन् श्रीकृष्ण ? किन र कसले सम्झिने श्रीकृष्णलाई ?

को हुन् श्रीकृष्ण ? किन र कसले सम्झिने श्रीकृष्णलाई ?

images
  • को हुन् श्रीकृष्ण ? किन र कसले सम्झिने  श्रीकृष्णलाई ?
    images
    images

    काठमाडौं । आज भाद्र कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आइतबार ‘अाज’ श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ।

     

     

    कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

     

     

    चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए। त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ।

     

     

    वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ।

     

    श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।

     

     

    कृष्ण जन्माष्टमीको महत्व

    कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

     

     

    जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

     

     

    कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।

     

     

    राधाकृष्ण सम्बन्ध र रासलीला
    महान् व्यक्तिहरूको चरित्र या महिमा वर्णन गर्दा भक्त या प्रशंसकले फूलबुट्टा भरेर पनि भन्ने गर्दछन् । यसरी भनिने कथा र तथ्य बिच आकाश जमिनको भिन्नता हुन्छ । उदाहरणका लागि हामीले सुनेका थियौ, महाकवि देवकोट पैसा बाँडदै हिन्थे, लगाएको कोट फुकालेर अरूलाई दिन्थे । तर यो तथ्य होइन् । यसै गरेर पुराणमा वर्णित भगवान् कृष्णका कतिपय लिलाहरु अतिशयोक्तिपूर्ण तरिकाले वर्णन गरिएको छन् । कतिपय स्थानमा त उनले गरेका कार्यको वर्णन पढ्दा जिब्रो टोक्नुपर्ने अवस्था पनि आउँछ । ऋषिहरुले यसरी लेख्दा जोसमा होस् नपुर्याएको होयन् कि ती लेखनले कस्तो असर पर्छ र के अर्थ लाग्छ भनेर सोच्न समेत नसकेको  प्रतित हुन्छ ।

     

     

    समय बित्दै जाँदा नयाँनयाँ तरिकाले अर्थ लगाउँदै र रोचक बनाउन अनेकन कथा थप्दै जाने प्रचलन पुराणहरुमा देखिन्छ । दुर्भाग्य के भने एक महर्षिले लेखेको कुरालाई अर्को महर्षिले जुठो भन्दैनन्, काट्दैनन, बरु प्रमाणित गर्न अर्को कथा जोडिदिन्छन् । चर्वाहकले मात्र आफ्नो धारणालाई अन्य महर्षि इतर भएर लेखे तर उनको दर्शनलाई अबैदिक भनेर निन्दा गरियो र एक्ला बृहस्पति बनाइए । मेरो नम्र निवेदन के भने तथ्यमा आधारित भएर अध्ययन गर्ने बिद्वान पाठकहरुले यस्ता कथामा अल्झेर बस्नु सुहाउँदैन । राधाकृष्ण प्रेम पनि सुन्दर तर अतिरञ्जित  तथ्यहिन कथा हो ।

     

     

    राधा कृष्ण प्रेमको जति चर्चा छ यसमा सत्यता त्यति नै कम छ । यसका केही आधारहरुका बारेमा चर्चा गरौँ । वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत राधा उल्लेख या राधाकृष्ण सम्बन्धको बारेमा कतै पनि चर्चा गरिएको छैन । राधाकृष्ण प्रेमको सुरुवात् र अतिशयोक्तिपूर्ण वर्णन मध्यकाल या भक्तिकालबाट सुरु भएको देखिन्छ । निम्बार्क, बल्लभ र राधाबल्लभ संम्प्रदायले यसको सुरुवात गरे निम्बार्कको जन्म १२५० ई.मा भएको हुँदा कृष्णको साथमा राधा भक्ति पनि १२५० ई पछि मात्र सुरु भएको हुँदा यो सम्बन्ध पछि गाँसिएको हो ।

     

     

    पद्मपुराणअनुसार राधा वैश्य बृषभानु राजाका भूमि पुत्रि थिइन् र उनको विवाह रापाण, रायाण या अयनघोष नाम भएको व्यक्तिसँग भएको थियो । वेदले स्विकारेको श्रीकृष्ण चरित्रसँग विवाहित परस्त्री राधासँगको सम्बन्ध अवैध, अनुचित र निन्दनिय कार्य हुने भएकोले यसलाई सत्य मान्न सकिँदैन र यो तथ्यहिन छ । योगेश्वरकृष्णले जीवनमा आठ जनासँग विवाह गरेता पनि राधासँग कृष्णको विवाह भएको कुरा वेद, उपनिषद या भागवत मा पनि उल्लेख भएको छैन । यसपछि कतै उल्लेख भएको भए त्यो कपोलकल्पित तथ्यहिन कथा मात्र हो ।

    अर्को कुरा कृष्ण नन्दगाउँमा रहन्थे भने राधा बरसाने भन्ने स्थानमा । यी दुई गाउँ बिच ४३(४५ किलोमिटरको अन्तर छ भने यातायातको साधन नभएको अवस्थामा यो दूरी झण्डै तीन दिनको बाटोमा पर्छ । कहिले र कतिबेला मिलन र प्रेम भयो भन्ने कुरा वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत कतै उल्लेख गरिएको छैन ।

     

     

    राधाकृष्ण प्रेमको जति चर्चा छ यसमा सत्यता त्यति नै कम छ । यसका केही आधारहरुका बारेमा चर्चा गरौँ । वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत राधा उल्लेख या राधाकृष्ण सम्बन्धको बारेमा कतै पनि चर्चा गरिएको छैन । राधाकृष्ण प्रेमको सुरुवात् र अतिशयोक्तिपूर्ण वर्णन मध्यकाल या भक्तिकालबाट सुरु भएको देखिन्छ । निम्बार्क, बल्लभ र राधाबल्लभ संम्प्रदायले यसको सुरुवात गरे निम्बार्कको जन्म १२५० ई.मा भएको हुँदा कृष्णको साथमा राधा भक्ति पनि १२५० ई पछि मात्र सुरु भएको हुँदा यो सम्बन्ध पछि गाँसिएको हो ।

     

    रासलीला

    रासको बारेमा भन्नु पर्दा त्यस बेलाको प्रचलन अनुसार कंश बध पश्चात् कंशको कैदबाट मुक्त भएका सोह्रसय गोपिनीहरुको स्वामि या मालिक मुक्तिदाता श्रीकृष्ण नै भए । सर्वज्ञ श्रीकृष्णले आफ्ना पत्नीहरु हुँदाहुँदै सोह्रसय गोपिनीहरुसँग रासलिला गरे (जसलाई विकृत रूपमा सम्भोग समेत भनिएको छ) भनेर पत्याउने अवस्था छैन । हौ स्वामी भएको अर्थमा तिनलाई आफू दास भएको जस्तो हिनता बोध हुन नदिन सामूहिक मनोरञ्जन गरे होलान् । तर वर्णित पूर्णिमाको रातमा जङ्गलमा गएर रासलिला गरे भनेर पत्याउनु आफ्नै विवेकलाई ठग्ने कार्य मात्र हो । उनले त्यस्तो गरेको भए के उनका आठ पत्निहरुले छोडथे होलान् र ? उसैत नारीमा ईष्र्या जन्मजात हुन्छ, त्यसमाथि नारीले सबै बाँड्न सक्छन् पति बाँडन सक्दैनन्, यो धु्रवसत्य हो । तसर्थ रासलिलाको बारेमा जसले जतिसुकै व्याख्या गरेपनि त्यसलाई मेरो विवेकले तथ्यहिन ठान्दछ । यसै गरेर आराधीका र प्रेमीका बीचमा पनि निक्कै फरक छ । कृष्ण जस्तो व्यक्तित्व जसलाई आज समेत हामी ईश्वरसम मान्दछौँ भने त्यो वेलामा उनको व्यक्तित्वको आराधना नगर्ने को होला र । व्याहता स्त्री जो पतिव्रत धर्ममा अडिग हुन्छे त्यसलाई पनि कृष्णको प्रेमिका भनेर हावा खुस्केका लण्ठुपण्डितहरु उल्लेख गर्दैमा विवेकले पत्याउँन दिँदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीकृष्ण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।