Logo

२०८३, आश्विन १०गते


images
images

न्युजिल्यान्डविरूद्ध भारत ४६ रनमै अलआउट

न्युजिल्यान्डविरूद्ध भारत ४६ रनमै अलआउट

images
  • न्युजिल्यान्डविरूद्ध भारत ४६ रनमै अलआउट
    images
    images

    काठमाडौं । न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टको पहिलो इनिङग्समा भारतले खराब ब्याटिङ गरेको छ।

    images
    images
    images

    बेंगलुरूमा बुधबार पहिलो दिन वर्षाका कारण खेल हुन सकेन भने बिहीबार दोस्रो दिन पनि वर्षाले असर गरेको थियो। जसमा पहिले ब्याटिङ गरेको भारतको ब्याटिङ खराब रह्यो। 

    images
    images
    images

    भारत ४६ रनमै अलआउट भयो। ३१.२ ओभर मात्र खेलेको भारतका लागि ऋषव पन्तले सबैभन्दा बढी २० रन र ओपनर यशस्वी जैसवालले १३ रन जोडे। अरु नौ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

    images
    images
    images

    भारतले घरेलु मैदानमा टेस्ट क्रिकेटमा बनाएको यो सबैभन्दा कम स्कोर हो। यस्तै घरेलु मैदानमा एकै सेसनमा अलआउट भएको पनि यो पहिलो पटक हो।

    घरेलु मैदानमा यसअघिको कम स्कोर ७५ रन थियो। भारत १९८७ मा दिल्लीमा भएको टेस्टमा वेस्ट इन्डिजविरुद्ध ७५ रनमा अलआउट भएको थियो।

    टेस्टमा भारतको सबैभन्दा कम स्कोर अस्ट्रेलियाविरूद्ध एडिलेडमा २०२० मा ३६ रनमा अलआउट हुनु हो। बिहीबार बेंगलुरुमा बनेको ४६ रन भारतको तेस्रो कम स्कोर हो।

    भारतलाई सस्तोमा अलआउट गर्न बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट र विलियम ओ'रौउरेकले ४ विकेट लिए। हेनरीले १३.२ ओभरमा ३ मेडन राख्दा १५ रन खर्चिए। हेनरीले यससँगै टेस्टमा सय विकेट समेत पूरा गरे। विलियमले १२ ओभरमा ६ ओभर मेडन फ्याँक्दा  २२ रन दिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।