Logo

२०८३, कार्तिक २७गते


images
images

उत्कृष्ट २५ विद्यार्थीलाई इस्माली समाजको छात्रबृत्ति

उत्कृष्ट २५ विद्यार्थीलाई इस्माली समाजको छात्रबृत्ति

images
  • उत्कृष्ट २५ विद्यार्थीलाई इस्माली समाजको छात्रबृत्ति
    images

    टोपलाल अर्याल, गुल्मी । इस्माली समाज काठमाडौंले छात्रबृत्ति वितरण गरेको छ । समाजले स्वर्गीय प्रेमनाथ र विकास अर्याल स्मृति कोषको सहयोगमा बर्षेनी छात्रबृत्ति वितरण तथा शुभकामना आदान–प्रदान गर्दै आएको छ । 

    images
    images
    images

    कोष मार्फत कक्षा ८ र एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरिएको छ । 

    images
    images
    images

    गत बर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने रामराज्य माविका विपिन खनाल, देविस्थान माविका आर्या थापा, हिमालय माविका अमृत थापा र सुदिप मरासिनीलाई छात्रबृत्ति वितरण गरिएको समाजका पुर्व सदस्य खिमराज अधिकारीले जानकारी दिए । 

    images
    images

    त्यस्तै ओम प्रसाद गौतम माविका पवन पराजुली, ठाढुंगा माविका सृष्टि पछाई, पालुखा माविका आयुष केसी र आनन्दपुर माविकी अपेक्षा पन्थलाई छात्रबृत्ति प्रदान गरिएको हो । 

    यसैबिच कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने रामराज्य माविका करण घर्ति क्षेत्री, देविस्थान आधारभूत विद्यालयका निशिका रेश्मी, जनज्योति आधारभूत विद्यालयका दिवस कुवंर, देविस्थान माविका बसन्ती अछामी, हिमालय माविका बिपना र सुरक्षा कुवंरलाई छात्रबृत्ति प्रदान गरिएको छ । 

    सुन्तलादेवी आधाभूत विद्यालयबाट गायत्र घर्ति क्षेत्री, ओमप्रसाद गौतम माविबाट गोमा बस्नेत, ठाढुंगा माविबाट कुस्मा पछाई र सुस्मिता खत्रीलाई छात्रबृत्ति प्रदान गरिएको हो । पालुखा माविबाट एनालिसा थापा, आनन्दपुर माविबाट सुरज अर्याल, चन्द्र आधारभूत बिद्यालयबाट सन्दिप थापा, कालिका आधारभूत विद्यालयबाट आयुष्मा खत्री, देउराली आधारभूत विद्यालयबाट सुरेन्द्र विक, सरस्वती आधारभूत विद्यालयबाट सुधन कुमाल र कुमारी आधारभूत विद्यालयबाट हरि बहादुर कुमालले छात्रबृत्ति प्राप्त गरेको समाजका सदस्य अधिकारीले बताए । कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने विद्यालयलाई स्वर्गीय विकास अर्याल स्मृती कोष र एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यालयलाई स्वर्गीय प्रेमनाथ अर्याल स्मृति कोषबाट छात्रबृत्ति प्रदान गर्दै आइएको छ । स्वर्गीय प्रेमनाथ अर्याल स्मृति कोष ०६५ सालमा स्थापना भएको हो । भने स्वर्गीय विकास अर्याल स्मृती कोष ०७८ सालमा स्थापना भएको हो । दुवै कोष मार्फत अहिलेसम्म निरन्तर छात्रबृत्ति वितरण गरिदै आएको छ । इस्माली समाज ०६४ सालमा स्थापना भएर तत्कालिन इस्मा दोहली, दर्लामचौर र इस्मा रजस्थलका विद्यालय केन्द्रित शैक्षिक कार्यक्रम गर्थ्यो। 

    संघिय संरचनासंगै इस्मा गाउँपालिकाका ६ वडामा कार्यक्षेत्र विस्तार गरिएको समाजका अध्यक्ष बेधनिधी भण्डारीले जानकारी दिए । 

    इस्मा गाउँपालिका–५ को जडबुटी उद्यानमा आयोजित कार्यक्रममा प्रमुख अतिथी इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुवंरले विद्यालयलाई छात्रबृत्ति प्रदान गरिन् । 

    कार्यक्रममा गाउँपालिका उपाध्यक्षसहितका जनप्रतिनधीहरु, विभिन्न बिद्यालयका प्रध्यानाध्यापक तथा प्रतिनिधी, कोषका प्रतिनिधी तथा  इस्माली समाजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्माली समाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।