Logo

२०८३, कार्तिक २७गते


images
images

प्रहरी दिवसको अवसरमा सुरक्षित यात्रा नेपाल सम्मानित

प्रहरी दिवसको अवसरमा सुरक्षित यात्रा नेपाल सम्मानित

images
  • प्रहरी दिवसको अवसरमा सुरक्षित यात्रा नेपाल सम्मानित
    images

    बुटवल । नेपाल प्रहरी दिवसको अवसरमा सुरक्षित यात्रा नेपाल सम्मानित भएको छ। नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा नेपाल प्रहरी लुम्बिनी प्रदेशले सुरक्षित यात्रा नेपाललाई सम्मानित गरेको हो।

    images
    images
    images

    नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयले प्रहरी दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरीको सहकार्यमा दुर्घटना न्युनिकरण, ट्राफिक सचेतना तथा सुरक्षित यात्रा अभियान सञ्चालन गरेकाले सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलवासेलाई प्रशंसा पत्रले सम्मान गरेको हो।

    images
    images
    images

    यसैगरि सोहि अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेललाई समेत यातायात क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय दाङ प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

    images
    images

    नेपाल प्रहरीले आफ्नो ६९ औ स्थापना दिवस विविध कार्यक्रम सहित प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सम्पन्न गरेको छ। नेपाल प्रहरी २०१२ साल असोज ३० गते स्थापना भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।