Logo

२०८३, आश्विन १०गते


images
images

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई हरायो

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई हरायो

images
  • मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई हरायो
    images
    images

    काठमाडौं । लिओनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई फराकिलो अन्तरले हराएको छ । सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई बुधबार राति भएको खेलमा ६-० को फराकिलो अन्तरले हराएको हो ।

    images
    images
    images

    खेलको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका मेसीले ८४ औं र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ४३औं, जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै थियागो अल्माडाले ६९औं मिनेटमा गोल गरेका थिए ।

    images
    images
    images

    छनोटमा सातौं जित हात पारेको अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया १० खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।

    images
    images
    images

    यस्तै ब्राजिलले पेरुलाई तथा कोलम्बियाले चिलीलाई समान ४-० अन्तरले पराजित गरेको छ । पाराग्वेले भेनजुएलालाई २-१ ले पराजित गर्दा उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेखेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेसीको ह्याट्रिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।