Logo

२०८३, आश्विन १०गते


images
images

मारवाडी सेवा समितिले पशुपतिको जग्गामा आँखा लगायो : पशुपति क्षेत्र विकास कोष

मारवाडी सेवा समितिले पशुपतिको जग्गामा आँखा लगायो : पशुपति क्षेत्र विकास कोष

images
  • मारवाडी सेवा समितिले पशुपतिको जग्गामा आँखा लगायो : पशुपति क्षेत्र विकास कोष
    images
    images

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाएको छ ।

    images
    images
    images

    मंगलबार कोषले पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगर बीच यही असोज २२ गते सहमति भई महानगरलाई व्यवस्थापनको अधिकार दिएको कोषले स्पष्ट पारेको छ । ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ ।

    images
    images
    images

    पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने कोषले दाबी गरेको छ । शटर भाडामा लगाउन अधिकार मारबाडी सेवा समितिलाई नभएपनि भाडामा लगाइएको कोषले जनाएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतको फैसला बमोजिम मारबाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको कोषले पत्रकार सम्मेलन मार्फत जनाएको छ । मारबाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत उपलब्ध गराउने गरि  दुई पक्षको सहमति भएको थियो । सम्झौता अनुसार रकम उपलब्ध नगराएको र भाडादर पुनरावलोकन हुने व्यवस्था भएपनि मारवाडी सेवा समिति लागि तयार नभएको कोषले जनाएको छ ।

    मारवाडी सेवा समितिले मोहीयानी हक रहेको दाबी गरेपनि त्यसमा प्रमाण नपुग्ने कोषले स्पष्ट पारेको छ । मोहीयानी हक दाबी गर्ने आधार समितिसँग नभएको कोषले जनाएको छ ।


    २३ असोजमा महानगरले मारबाडी सेवा समितिले रोखेको बोर्ड हटाएको थियो । मारवाडी सेवा समितिले अदालतबाट मुद्दाको पूर्णपाठ नआएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।