Logo

२०८३, आश्विन १०गते


images
images

रोमाञ्चक खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो

रोमाञ्चक खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो

images
  • रोमाञ्चक खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो
    images
    images

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको महत्वपूर्ण खेलमा अष्ट्रेलियाले भारतलाई पराजित गरेको छ । भारतलाई ९ रनले पराजित गरेसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १५१ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो । रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरले ५४ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् । शफाली वर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिइन् ।

    images
    images
    images

    यसअघि अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाका लागि ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन् । तालिया म्याकग्रा र एलिस पेरीले ३२–३२ रनको योगदान दिइन् । भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिइन् ।

    images
    images
    images

    हारसँगै भारतको सेमिफाइनल यात्र कठिन बनेको छ । आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ । भारत सेमिफाइनलमा पुग्न न्युजिल्यान्डले पाकिस्तानसंग ठूलो अन्तरले हार्नुपर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।