Logo

२०८३, कार्तिक २८गते


images
images

प्रगतीशिल भलिवलको उपाधी रायमाझी थ्रिस्टारको पोल्टामा

प्रगतीशिल भलिवलको उपाधी रायमाझी थ्रिस्टारको पोल्टामा

images
  • प्रगतीशिल भलिवलको उपाधी रायमाझी थ्रिस्टारको पोल्टामा
    images

    गुल्मी । प्रगतीशिल युवा क्लव इस्मा गाउँपालिका–५ इस्मारजस्थल दरिनढुङ्गाको आयोजनामा गुल्मी जिल्ला वडास्तरिय पुरुष भलिवल प्रतियोगीता तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक अभियान्ता कमल जिसीको मुख्य प्रायोजनमा कार्यक्रम आयोजना गरिएको थियो । 

    images
    images
    images

    पुरुष भलिवल प्रतियोगीताको उपाधी रायमाझी थ्रिस्टार मुसिकोटले जितेको छ । जसले ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

    images
    images
    images

    उपबिजेता आयोजक प्रगतीशिल युवा क्लव भएको छ । उपबिजेताको लागि ३५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्रको व्यावस्था गरिएको क्लवका सचिव सन्तोष थापाले जानकारी दिए । 

    images
    images

    त्यस्तै देविस्थान युवा क्लव मालिका गाउँपालिका–७ घमिरेले तृतिय स्थानसहित नगद १५ हजार पाँच हजार पाँच सय प्राप्त गरेको थापाले बताए । 

    साथै लोक तथा दोहोरी गायीका शान्ता रानी परियार, गायक अर्जुन कुवंर पितृ बुडो र स्थानीय कलाकार भुवन जिसी लगायतका राष्ट्रिय र स्थानीय कलाकारहरुद्धारा सांगीतिक प्रस्तुती रहेको थियो । 

    त्यस्तै क्लवले १२ जना जेष्ठ नागरिक तथा सरकारी सेवामा प्रवेश गरेका स्थानीय व्यक्तित्वहरुलाई सम्मान गरेको क्लवका अध्यक्ष राजु थापाले जानकारी दिए । 

    शाखा अधिकृत बसन्त गैरे, नायव सुब्बा नवराज पौडेल, अर्जुन खड्का, पारु घिमिरे खड्का, शान्ता थापा गैरे, स्वास्थ्यकर्मी कृष्ण थापा, नेपाल प्रहरी सन्देश नेपाली, प्रहरी सहायक निरीक्षक कपिल थापा र सन्तोष गैरे तथा भारतीय सेनामा कार्यरत कमल जिसी, इन्द्र बस्नेत, नेपाली सेना रचना बस्नेतलाई सम्मान गरिएको हो । 

    बसाईसराईले गाउँ रित्ता हुँदै गएका बेला युवाहरुलाई एकिकृत गरेर सामाजिक भावना पैदा गर्न क्लवले काम गर्ने अध्यक्ष थापाले बताए । २०६४ सालमा स्थापना भएको क्लवले स्थानीय स्तरमा सृजनशिल काम गर्दै आएको छ । 

    कार्यक्रममा प्रमुख आतिथ्यता गाउँपालिका प्रमुख भगतसिंह खड्काले गरेका थिए । कार्यक्रममा उपप्रमुख पार्वती कुवंर, वडाध्यक्ष झविन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रगतीशिल भलिवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।