Logo

२०८३, श्रावण २७गते


images
images

ढुकुटी

सहकारीको पूँजी कहाँ परिचालन गर्ने ?

सहकारीको पूँजी कहाँ परिचालन गर्ने ?

images
  • सहकारीको पूँजी कहाँ परिचालन गर्ने ?
    images
    images

    देशको आर्थिक उपार्जनमा महत्वपूर्ण पाटोको रुपमा हेरीएको सहकारी क्षेत्र केही समय यता कलङ्कित र दुर्घटनाग्रस्त बन्न पुगेको छ । शक्तिको दुरुपयोग गरी सहकारीको रकम अपचलन गर्नेहरुका समाचारहरु विभिन्न सञ्चार माध्यमबाट दैनिकजसो प्रकाशन र प्रशारण भइरहेकाले पनि यसको सोझो आँकलन गर्न सकिन्छ ।

    images
    images
    images

    एउटा सामान्य किसान र मजदुर वर्गको समेत प्रतिनिधित्व गरेर उनीहरुका खुन पसिनाबाट सङ्कलित रकम दुरुपयोग गर्नेलाई कानुन अनुसार कार्वाहीको दायरामा ल्याउन राज्य समेत लरखराइरहेको देखिन्छ । त्यसैले पनि यसलाई चिर्नका लागि समपूर्ण सहकारी अभियान एक ढिक्का भएर सहकारी क्षेत्रमा भएको गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने हुन्छ । 

    images
    images
    images

    केही सहकारीमा अभियानकै मानिसहरु समेत सहकारी ठगिमा संलग्न देखिएकोले कतै तिनीहरुको पक्षपोषणका लागि अभियन्ताहरु चुप लागेर वसेका त होईनन ? भन्ने आम सहकारीकर्मीहरुलाई महसुस हुन थालेको छ । यो असहज परिस्थितिमा सहकारी अभियान र अभियन्ताहरु यो क्षेत्रलाई थप विश्वासिलो बनाउँदै शेयर सदस्यमा आफ्नो बचत र लगानीको सुरक्षाको प्रत्याभुति दिलाउन अग्रपङ्क्तिमा लाग्नु पर्दछ । 

    images
    images
    images

    केही सहकारीमा अभियानकै मानिसहरु समेत सहकारी ठगिमा संलग्न देखिएकोले कतै तिनीहरुको पक्षपोषणका लागि अभियन्ताहरु चुप लागेर वसेका त होईनन ? भन्ने आम सहकारीकर्मीहरुलाई महसुस हुन थालेको छ । यो असहज परिस्थितिमा सहकारी अभियान र अभियन्ताहरु यो क्षेत्रलाई थप विश्वासिलो बनाउँदै शेयर सदस्यमा आफ्नो बचत र लगानीको सुरक्षाको प्रत्याभुति दिलाउन अग्रपङ्क्तिमा लाग्नु पर्दछ । 

    अब सहकारीको पुँजीलाई विभिन्न तालिम र सीपको माध्यमबाट उद्यमशिलताको विकास, स्वरोजगार र उत्पादनसँग जोड्नेगरी बृहत् योजना निर्माण गरिनुपर्छ । हरेक सहकारीहरु उत्पादनसँग जोडिएर कृषि क्रान्ति तर्फको जिम्मेवारी नै सहकारी क्षेत्रले लिनुपर्छ । अझ भन्दा राज्यमा देखिएको चरम परनिर्भतालाई अन्त्य गर्न सम्पूर्ण अभियान एकपटक राष्ट्रप्रति समर्पित भएर जुरुक्क उठ्नुपर्ने समय आएको छ । यसका लागि बचत तथा ऋण सहकारीहरुसँग भएको पुँजीलाई समेत उद्योग, व्यापार व्यवसाय प्रवद्र्धनमा सहज रुपमा लगानी गर्न सक्नेगरी सहकारी नीतिमा समयानुकुल परिवर्तन गर्न आवश्यक देखिएको छ । 

    अबको दशक वास्तविक रुपमा सहकारी क्षेत्रपनि देशको आर्थिक विकासका लागि महत्पपूर्ण एउटा खम्वा हो भन्ने कुरालाई स्थापित गराउनका लागि सहकारीहरुले समेत आफ्नो उद्देश्य र योजनाहरुलाई थप परिस्कृत बनाउनुपर्ने हुन्छ । आफ्ना सेयर सदस्यहरुलाई सीप तालिम मार्फत उत्पादनसंग जोड्ने र त्यसको बजारीकरणमा सहकारीहरुले समन्वयात्मक भुमिका खेल्नुपर्दछ । 

    राज्यको सोँच पनि पछिल्लो समय देशको समग्र क्षेत्रमा देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै जनतामा छाएको निराशालाई हटाउनेगरी बन्नुपर्दछ । राज्यले भौतिक पुर्वाधार भन्दा युवा स्वरोजगार र उत्पादन वृद्धि तर्फ आफ्नो ध्यान केन्द्रित गर्दै देशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्ने देखिन्छ । जसकोलागि उसले कृषि क्षेत्रमा प्रयाप्त वजेट विनियोजन गर्दै सहकारी क्षेत्रलाई कृषि क्षेत्र तर्फको मुख्य साझेदार बनाउने र सोही बमोजिमका कार्यक्रम अघि सार्न सके त्यो नै अहिलेको विवेकपूर्ण निर्णय बन्न सक्थ्यो ।

    सहकारी र निजी क्षेत्रलाई सँगै लिएर हिड्न सक्नेगरी कार्यक्रमहरुको निर्माण, योजनाहरुको छनौट, आवश्यक नीतिहरुको व्यवस्थापन र कार्यान्वयन गर्ने ईच्छा शक्तिका साथ अगाडि बढे आगामी पाँच वर्षमा देवदह नगरपालिकालाई गर्व गर्ने लायक नगरपालिका बनाउन सकिन्छ । यसका लागि १२ वटा वडामा उत्पादन र पर्यटनका सम्भवनाको अध्ययन गरी एक वडा एक कार्यक्रमहरु तय गर्नुपर्दछ । यसरी छनौट गरिएको योजनालाई नगरले गौरवको योजनाका रुपमा अघि सार्नुपर्छ । त्यस्तो योजना कार्यान्वयनका लागि नगरले एक आर्थिक वर्षमा कम्तिमा २५ प्रतिशत लगानी त्यस परियोजनामा विउ कोषका रुपमा लगानी गर्ने र बाँकी लगानी सहकारी र व्यवसायी (निजि क्षेत्र) मार्फत गर्नेगरी व्यवस्थापन गर्न सकिन्छ । जसले नगरलाई सफल र सबल नगरका रुपमा परिचित गराउन मद्धत पु¥याउँछ ।

    यसैगरी हरेक तहका सरकारहरुले आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीहरुसँग समन्वय गरी लगानीको वातावरण निर्माण गर्न पहलकदमी लिनुपर्दछ । प्रदेश र स्थानीय सरकारको नीति तथा कार्यक्रमहरुलाई गाउँ र दुरदराजका तल्लो तहसम्म पु¥याएर शिक्षा, सिप, तालिम र सचेतना कार्यक्रमहरु मार्फत स्थानीय आर्थिक विकासलाई मजवुद बनाउन सक्ने माध्यम नै सहकारी हुन् ।  यसका लागि सहकारीहरुका वार्षिक नीति तथा कार्यक्रम र प्रदेश तथा स्थानीय सरकारका आर्थिक विकासका योजनाहरु बिच तालमेल हुन आवश्यक छ । 

    स्थानीय सरकारले आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीहरुलाई विश्वासमा लिन सक्नु पर्दछ । उनीहरुलाई उद्देश्य अनुरुप कार्य सम्पादन गर्न उत्प्रेरित गर्दै समय–समयमा अनुगमन र नियमन गरी नयाँ क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सहजीकरण गरिदिनु पर्दछ । जनताको आर्थिक अवस्थामा सुधार नभएसम्म स्थानीय सरकारको विकासको रणनीति पुरा हुन सक्दैन । त्यसैले जनतालाई आर्थिक उपार्जनसँग जोड्न सहकारीहरुको उच्चतम सदुपयोग स्थानिय सरकारहरुका लागि महत्वपुर्ण अवसरका रुपमा रहेको छ । 

    आफ्नो क्षेत्राधिकारभित्र रहेका विभिन्न किसिमका सहकारीहरुसँग समन्वय गरी तिनीहरुसँग भएको पुँजीलाई स्थानीय निकायले उत्पादन क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्दछ । यसका साथै स्थानीय सरकारले पनि बजेट व्यवस्थापन गरी सहकार्य मार्फत विभिन्न सीप र उद्यमशिलतासँग सम्बन्धित तालिम संचालन गर्ने र तालिम समपन्न भईसके पछि ईच्छुक व्यक्तीहरुलाई सहकारी, स्थानिय सरकार र स्वयम् सदस्यको संयुक्त लगानी सहितको व्यवसायीक वातावरण निर्माण गर्न सकिन्छ । यसरी उनीहरुबाट उत्पादित वस्तु तथा सेवाको बजारीकरणमा स्थानीय निकाय प्रत्यक्ष रुपमा जोडिन सक्यो भने त्यस्तो कार्यलाई एक वडा एक वस्तु उत्पादन कार्यक्रमको रुपमा जोड्न सकिन्छ । जसले स्थानीय तहमा नागरिकलाई थप आत्मनिर्भर बनाई आर्थिक विकासमा योगदान गर्न सकिने सुवर्ण अवसर सिर्जना गर्न सक्छ ।  देवदह नगरपालिकाले समेत यो महत्वपूर्ण कार्यको थालनी गर्न सक्छ र यसले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाको रुपमा परिचय दिन सकिन्छ । यसका लागि नगरपालिकाको सिङ्गो कार्यपालिका एक ठाउँमा उभिन जरुरी छ । 

    देवदह भौगोलिक बनावटका हिसाबले र धार्मिक, जातिय र साँस्कृतिक हिसावले अति विशिष्ट प्रकारको रहेको छ । उत्तरमा चुरेदेखि दक्षिणको समथर फाँटसम्म यहाँ सम्भावनै सम्भावनाहरु रहेका छन् । यिनै सम्भावनाहरुको प्रचुर मात्रामा सदुपयोग गर्दै र यस्तो विशिष्ट भौगोलिक अवस्थितीलाई अवसरको रुपमा प्रयोग गर्दै आर्थिक विकासका लागि यस पालिकालाई पर्यटन र कृषि उत्पादनसँग जोड्न सकिन्छ । यस्तो अवसरलाई मुर्तरुप दिन स्थानीय सरकारले अब ढिला गर्न हुन्न । 

    सहकारी र निजी क्षेत्रलाई सँगै लिएर हिड्न सक्नेगरी कार्यक्रमहरुको निर्माण, योजनाहरुको छनौट, आवश्यक नीतिहरुको व्यवस्थापन र कार्यान्वयन गर्ने ईच्छा शक्तिका साथ अगाडि बढे आगामी पाँच वर्षमा देवदह नगरपालिकालाई गर्व गर्ने लायक नगरपालिका बनाउन सकिन्छ । यसका लागि १२ वटा वडामा उत्पादन र पर्यटनका सम्भवनाको अध्ययन गरी एक वडा एक कार्यक्रमहरु तय गर्नुपर्दछ । यसरी छनौट गरिएको योजनालाई नगरले गौरवको योजनाका रुपमा अघि सार्नुपर्छ । त्यस्तो योजना कार्यान्वयनका लागि नगरले एक आर्थिक वर्षमा कम्तिमा २५ प्रतिशत लगानी त्यस परियोजनामा विउ कोषका रुपमा लगानी गर्ने र बाँकी लगानी सहकारी र व्यवसायी (निजि क्षेत्र) मार्फत गर्नेगरी व्यवस्थापन गर्न सकिन्छ । जसले नगरलाई सफल र सबल नगरका रुपमा परिचित गराउन मद्धत पु¥याउँछ । 

    सहकारीको विषयमा कुरा गरिरहँदा हाल देवदह नगरभित्र ४८ वटा सहकारीहरु रहेका छन् । जसमध्ये ४४ वटा सहकारीहरुले पूर्ण रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् भने अन्य ४ वटा सहकारीहरु निष्कृय रहेका छन् । कार्यक्षेत्रगत रुपले हेर्दा यहाँका ४२ वटा सहकारीहरु नगरपालिकालाई कार्यक्षेत्र मानेर काम गरिरहेका छन् । यसैगरी ५ वटा सहकारीहरु प्रदेश स्तरीय र एउटा सहकारी संघीय कार्यक्षेत्र अन्तर्गत रहेर संचालित छन् । 

    उद्देश्यगत हिसावले हेर्दा देवदहमा रहेको एउटा बचत तथा ऋण सहकारी संस्थाले संघीय कार्यक्षेत्र अन्तर्गत काम गरिरहेको छ । त्यस्तै प्रदेश स्तरका बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या चार रहेको छ भने देवदह नगरलाई कार्यक्षेत्र बनाएर सञ्चालन भएका बचत तथा ऋण सहकारीको संख्या १० रहेको छ । 

    यसैगरी देवदह नगरपालिकालाई कार्यक्षेत्र बनाएर चरवटा बहुउद्देश्यिय सहकारीहरुले काम गरिरहेका छन् भने देवदहलाई नै कार्यक्षेत्र बनाएका काम गर्ने कृषि तथा साना किसान सहकारीको संख्या १३ वटा रहेको छ ।

    यस्तै एउटा दुग्ध उत्पादक सहकारी प्रदेश कार्यक्षेत्र अन्तर्गत रहेर सञ्चालित देखिन्छ भने नगरलाई कार्यक्षेत्र बनाएर संचालनमा रहेका दुग्ध उत्पादक सहकारीको संख्या १० वटा रहेको छ । बाख्रापालक किसानहरुले समेत देवदहलाई कार्यक्षेत्र बनाएर एउटा सहकारी दर्ता गरेर काम गरिरहेको पाईन्छ ।  

    देवदह नगरपालिकाभित्र सहकारीका माध्यमबाट ५.५ अर्व पुँजीको परिचालन भएको देखिन्छ । उक्त पुँजी परिचलनका लागि यहाँ एक सय ६४ जनाले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । यसरी रोजगारी पाउनेहरुमा महिलाको संख्या पुरुष भन्दा करिव ३ गुणा बढि छ ।  तथ्याङ्क अनुसार देवदहका सहकारीहरुमा एक सय १८ जना महिला र ४६ जना पुरुषले कर्मचारीको रुपमा काम गरिरहेका छन् । त्यस्तै अप्रत्यक्ष रुपमा पाँच सय भन्दा वढीले सहकारीहरु मार्फत रोजगारी पाइरहेको अवस्था छ । 

    देवदह नगरपालिकाभित्र सहकारीका माध्यमबाट ५.५ अर्ब पुँजीको परिचालन भएको देखिन्छ । उक्त पुँजी परिचलनका लागि यहाँ १६४ जनाले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । यसरी रोजगारी पाउनेहरुमा महिलाको संख्या पुरुष भन्दा करिव ३ गुणा बढि छ ।  तथ्याङ्क अनुसार देवदहका सहकारीहरुमा ११८ जना महिला र ४६ जना पुरुषले कर्मचारीको रुपमा काम गरिरहेका छन् । त्यस्तै अप्रत्यक्ष रुपमा पाँच सय भन्दा बढीले सहकारीहरुमार्फत रोजगारी पाइरहेको अवस्था छ । 

    यसरी सहकारीको माध्यमबाट छरिएर रहेको पुँजीको सङ्कलन त भएको छ, तर लगानी भने उत्पादनशिल भन्दा अनुत्पादक क्षेत्रमा बढी भएको देखिन्छ । अब सम्बन्धित नियमनकारी कार्यालयबाट अनुगमन र नियमन गरी सहकारीको पुँजीलाई उत्पादनको क्षेत्रमा लगानी वृद्धिका लागि प्रेरित गर्न आवश्यक छ । सह–अस्तित्व र सह लगानीको नीति वनाएर स्थानिय सरकार, सहकारी र नीजिक्षेत्र विचमा हातेमालो गर्न सके धार्मिक, साँस्कृतिक, पर्यटन र कृषि उत्पादन तर्फ हाम्रो स्थानिय सरकारलाई आर्थिक र सामाजिक क्षेत्रको विकासमा सबल बनाउन सकिन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी
  • # ढुकुटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।