देवदह । दशैंले आगन टेकिसकेको छ । गाउँघरमा चहलपहल बढेको छ । रोजगार र पढाइको शिलशिलामा घर बाहिर गएकाहरू घर फर्किदै छन् । टोलटोलमा पिङ हाल्ने, लाइटिंग गरेर झिलिमिली बनाउने क्रम बढ्दो छ ।
यसै शिलशिलामा रुपन्देहीको देवदहमा पनि विभिन्न सांस्कृतिक गतिविधि गरेर दशैंको माहोल बनाइदै छ । यो दशैंमा पनि सधै झैँ क्लबले गाउँमा पिङ्ग हाल्ने लगायतका काम गरिरहेको देवदह- ५ स्थित स्मृति युवा क्लबका अध्यक्ष नविन लुइँटेलले बताए ।
त्यसैगरी दशैं कै अवसरमा देवदह-७ को बुद्धकोलनी टोल विकासले कन्यामाई मन्दिर परिसरमा पिङ्ग लगाएको छ । स्थानीयहरूको सहयोगमा मन्दिर परिसरमा पिङ्ग लगाइएको तोला विकास संस्थाका दिपक अर्यालले सेतोमसीलई बताए । 'हाम्रो संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई सामाजिक संजालमा मात्र होइन, समाजमा पनि रमाउने बनाउनको लागि मन्दिर परिसरमा पहिलो पटक पिङ्ग हालिएको हो ।' उनले भने ।
यता देवदहको बजार क्षेत्र शितलनगरस्थित गेटमा लाइटिंग गरेर सजाइएको छ । दशैं लगायतका पर्वलाई स्वागत गर्न लाइटिंग गरिएको स्थानीयले जनाएका छन् ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology