Logo

२०८३, कार्तिक २७गते


images
images

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

images
  • जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ
    images

    राजेश पराजुली,नवलपुर ।  गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन् ।

    images
    images
    images

    शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप अघि बढाउन टेवा पुग्ने छ ।’

    images
    images
    images

    कावासोती क्षेत्रका जनताले विगतमा भोग्नुपरेको खानेपानीको समस्या स्मरण गर्दै मन्त्री श्रेष्ठले संस्थाकै अग्रसरताको परिणाम स्वरुप अहिले सहज स्थिती आएको बताइन् । कावासोती खानेपानी संस्थाले स्थापनाकालदेखि नै आफुलाई अब्बल सावित गर्दै आइरहेको उल्लेख गर्दै उनले यसलाई समयानुसार उपभोक्ताको हकहितमा लाग्न सुझाइन् ।

    images
    images

    ‘कावासोती क्षेत्रको विगत स्मरण गर्दा खानेपानीको हाहाकार थियो । घण्टौँ लगाएर कुवा धाएर पानी लिएर आउनुपथ्र्यो । अहिले त्यो अवस्था छैन । घरघरमा धारा जोडिएका छन् । यो संस्थाकै अब्बल कार्यको परिणाम हो ।’ उनले भनिन्,‘उपलब्ध स्रोत साधन एवं प्रविधिलाई थप सुदृढ बनाउदै उपभोक्ताको सर्वोपरी हितलाई केन्द्रबिन्दुमा राख्दै अघि बढ्न शुभकामना ब्यक्त गर्दछु ।’

    जल नै जिवन भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै यसको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो । ‘ जल केवल पिउनका लागि मात्रै होइन, यसको अपरिहार्यता कृषि, उर्जा लगायतका क्षेत्रमा पनि छन् । जल नै जिवन भएकाले यसको सदुपयोगमा लाग्नुपर्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि मन्त्री श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।