देवदह । रुपन्देहीको देवदहका रेशम खनाल विएस्सी एजीको प्रवेश परिक्षामा नेपाल प्रथम भएका छन ।
देवदह नगरपालिका वडा नं ५ निवासी खनालले केरवानी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा परिक्षा (एसइई) पास गरि बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका हुन ।
परिक्षामा सहभागी देशभरका एक हजार तीन सय बढी प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी प्रवेश परिक्षामा सर्बोत्कृष्ट भएका हुन ।