Logo

२०८३, आश्विन ११गते


images
images

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते

अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते

images
  • अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु , १६ घाइते
    images
    images

    काबुल । अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारीले बताएका छन् ।  

    images
    images
    images

    विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यवस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएका छन् ।  

    images
    images
    images

    स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठुलो मात्राामा सम्पत्ति क्षति पुर्याउँदा  १०९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने  लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

    images
    images
    images

    गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्, भने गम्भिर आर्थिक क्षति भएको जनाइएको छ ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तानमा बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।