Logo

२०८३, कार्तिक २७गते


images
images

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीको सरकारसँग सात बुँदे माग

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीको सरकारसँग सात बुँदे माग

images
  • राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीको सरकारसँग सात बुँदे माग
    images

    राजेश पराजुली, पोखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसमक्ष सात बुँदे माग राखेको छ । महासंघले अपाङ्गता भएका व्यक्तिको हकमा गरिनुपर्ने कामबारे मन्त्री केसीको ध्यानाकर्षण गराएको हो । महासंघले प्रदेशभित्र निर्माण हुने भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने, अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय पहुँचयुक्त हुनुपर्ने माग गरेको छ ।

    images
    images
    images

    नगर तथा प्रदेशस्तरमा पहुँचयुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने, फुटपाथ, सडकपेटी, जेब्रा क्रसिङजस्ता संरचना अपाङ्गमैत्री बनाउनुपर्ने, सरकारी संरचनाको पहुँच युक्तता परीक्षण गरी सुझावअनुसार पहुँचयुक्त बनाउन, बहिरा अपाङ्गता भइकालाई लाइसेन्स प्रदान गर्न प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ मा आवश्यक संशोधन गर्न ऐनलाई अपाङ्गमैत्री र समावेशी बनाउन, इन्जिनियर तथा कर्मचारीलाई अपाङ्गतासम्बन्धी बनेका नीति, ऐनबारे अभिमुखीकरण गराउन माग गरिएको छ ।

    images
    images
    images

    नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र प्रादेशिक नीतिमा पनि अपाङ्गता भएका व्यक्तिलाई अवरोधमुक्त वातावरण बनाउने भनिए पनि हुन नसकेको उपाध्यक्ष अञ्जना केसीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । महासंघका सचिवालय सदस्य हेम गुरुङले २०६९ सालमा पहुँचयुक्त भौतिक संरचना तथा सेवा निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भएको तर कार्यान्वयन फितलो रहेको गुनासो गरे । उनले गण्डकी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्तता तथा समावेशिता स्थापित गर्न पहल गर्न आग्रह गरे ।

    images
    images

    सो अवसरमा मन्त्री केसीले आफ्नो कार्यकालमा अपाङ्गता भएकाका लागि बनेका नियम-कानुन कार्यान्वयन गर्न, नयाँ बनाउने क्रममा विशेष ध्यान दिने बताए । उनले हाल रहेका सरकारी भवन धेरै पुराना रहेकाले अपाङ्गमैत्री बन्न नसकेकोमा दुःख व्यक्त गरे ।

    ‘हाम्रा कार्यालय पुराना र पहिल्यै बनेका छन्, म आफैं तपाईंसँग कार्यकक्षमा नभई यहीँ भेटेँ,’ मन्त्री केसीले भने, ‘बनिसकेका भवनमा केही गर्न सकिने अवस्था रहेछ भने पनि बुझ्छु, अब बन्ने भवनलाई अपाङ्गमैत्री बनाउन ध्यान रहनेछ ।’ मन्त्री केसीले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा आफ्नो मन्त्रालयले गर्ने काम गर्दा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अपाङ्ग महासंघ गण्डकी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।