Logo

२०८३, आश्विन ९गते


images
images

'देवदहको व्यवस्थित विकासको लागि माओवादी लागिरहेको छ' - प्रदेशसभा सांसद दिपा बि.क. 

'देवदहको व्यवस्थित विकासको लागि माओवादी लागिरहेको छ' - प्रदेशसभा सांसद दिपा बि.क. 

images
  • 'देवदहको व्यवस्थित विकासको लागि माओवादी लागिरहेको छ' - प्रदेशसभा सांसद दिपा बि.क. 
    images
    images

    देवदह । लुम्बिनी प्रदेशसभा सदस्य दिपा बिकले देवदहको व्यवस्थित विकासका लागि माओवादी केन्द्र लागिपरेको बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) देवदह वडा नं. ७ को भेलालाई सम्बोधन गर्दै सांसद विकले उक्त कुरा बताएकी हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    आफुले व्यक्तिगत रुपमा र पार्टीको संस्थागत  पहलले समेत देवदहका धेरै योजनामा प्रदेश र संघिय सरकारबाट बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै सांसद विकले माओवादीको पहलमा आएको बजेट समेत अन्य केही सांसदहरुले आफुले ल्याएको भन्दै जनतामा भ्रम सिर्जना गरेको जिकिर गरिन् । माओवादी पार्टी पंक्तिलाई व्यवस्थित ढंगले योजना बनाएर संगठन निर्माणमा जुट्न अनुरोध गर्दै उनले अबको जीत माओवादी र माओवादी सहितको गठबन्धनको हुने दावी गरिन् ।

    images
    images
    images

     

    पार्टीको उक्त भेलाले गणेश विक अध्यक्ष र गोमा भुर्तेल सचीव रहने गरि २९ सदस्यीय वडा समिति निर्माण गरेको छ । जसको सदस्यहरूमा धनलाल बस्याल, प्रकाश शर्मा, रेणु हमाल, कृष्ण उपाध्याय, नारायण रिजाल, सोनु विक, मिठु परियार, लाल बहादुर रसाईली, रामहरि गौतम, टेक बहादुर सुनार, दुर्गा वाग्ले, सीता बंरेल, धना सापकोटा, गोमा भट्टराई, होम बहादुर थापा लगायत रहेका छन् ।

    received_959523144606646.jpeg
    कार्यक्रममा माओवादी नेताहरू गोविन्द पंगेनी, मोतिलाल ढकाल, लिलाधर मरासिनी, केदारनाथ काफ्ले, प्रशान्त गैरे, शिव पाठक, मेघनाथ ढकाल लगायतले बोलेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।