Logo

२०८३, कार्तिक २७गते


images
images

गोरखाबाट काठमाडौँ जाँदा हराएको बस झ्याप्ले खोलामा पुरिएको पुष्टि, तीन जनाको शव भेटियो

गोरखाबाट काठमाडौँ जाँदा हराएको बस झ्याप्ले खोलामा पुरिएको पुष्टि, तीन जनाको शव भेटियो

images
  • गोरखाबाट काठमाडौँ जाँदा हराएको बस झ्याप्ले खोलामा पुरिएको पुष्टि, तीन जनाको शव भेटियो
    images

    राजेश पराजुली, पोखरा । गोरखा जिल्लाको धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ जाँदा हराएको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको पुष्टि भएको छ ।

    images
    images
    images

    सो बसबाट तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप विवरण आउन बाँकी छ । दरौँदी यातायात सेवा कम्पनी प्रालिको ना४ख २२७० नम्बरको बस शुक्रबार काठमाडौँ जानेक्रममा हराएको थियो ।

    images
    images
    images

    कम्पनी अध्यक्ष नारायण खत्रीले बस शुक्रबार राति करिब १० बजे धादिङको खानीखोला पुगेको जानकारी पाइएको बताएका थिए । त्यसपछि चालक र अन्य कर्मचारी कसैसँग पनि सम्पर्क हुन नसकेको उनले बताए ।

    images
    images

    मुग्लिन पुग्दा बसमा एक यात्रु र तीन जना मात्रै कर्मचारी रहेको पाइएको उनले बताए । प्रहरीले अध्यक्ष खत्रीकै भनाइलाई आधार मानेर आज बिहानैदेखि झ्याप्ले खोलामा बसको खोजी कार्य केन्द्रित गरेको थियो । सोही स्थानमा पुरिएको दुई बसबाट शनिबार १४ जनाको शव निकालिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दरौँदी यातायात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।