Logo

२०८३, कार्तिक २७गते


images
images

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

images
  • पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
    images

    बागलुङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहित पहिरो झर्दा कोरिडोर पूर्ण रुपमा बन्द भएको हो ।

    images
    images
    images

    उक्त सडकखण्ड दुई महिनादेखि अवरुद्ध भई बिहीबार मात्रै सञ्चालनमा आएको थियो। तर बिहीबारदेखि नै भारी वर्षा हुँदा कोरिडोर अवरुद्ध भएको प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले जानकारी दिए।

    images
    images
    images

    सडक पूर्णरुपमा बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रदेखि जिल्ला सदरमुकामको सिधा सम्पर्क विच्छेद भएको उनको भनाइ छ।

    images
    images

    चीन–भारत जोड्ने गरी निर्माण भएको कोरिडोर बर्खाको समयमा बन्द हुने गरेको छ। सडक अवरुद्ध हुँदा बागलुङ बलेवा, जैमिनी, बरेङ सञ्चालन हुने यातायात ठप्प भएका छन्। जसका कारण यात्रु अलपत्र परेको गुरुङले बताए। कोरडोर हुँदै बुटवल, भैरवाह दलगायत तराई क्षेत्रमा सञ्चालन हुने यातायात बर्खा सुरु भएपछि चल्न सकेका छैनन्।

    करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइए पनि ठूलो वर्षाका कारण यातायातका साधान चल्न सकेका छैनन्। अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन सम्भव नभएको गुरुङ ले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।