Logo

२०८३, कार्तिक २७गते


images
images

चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

images
  • चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण
    images

    काठमाडौं । नेकपा एमालेले चाडपर्वको समयमा घर जाने नागरिकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सडकहरूको मर्मत गर्नुपर्ने, यातायातका साधनको अभाव हुन नदिन, यात्रुहरूको सुरक्षाको व्यवस्था लगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

    images
    images
    images

    विभागका प्रमुख खिमलाल भट्टराईले यात्रुहरूको ठूलो पंक्तिका लागि सहज रूपमा सवारी साधनको व्यवस्था गर्न, राजमार्गहरूको मर्मत सम्भार गर्न ध्यानाकर्षण गराइएको बताए । उनले सम्भावित दुर्घटना र जोखिमबाट बच्न सडक एम्बुलेन्स र आवश्यक सुरक्षाकर्मीहरूको प्रबन्ध गर्न ध्यानाकर्षण गराए ।

    images
    images

    राजमार्ग छेउका होटलहरुमा गुणस्तरीय खाजा खानाका साथै ठगि हुन नदिन सरोकारवाला निकायको प्रभावकारी परिचालन गर्न पनि उनले आग्रह गरे ।

    ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई सुरक्षित तवरले मनाउने वातावरण बनाउन सरकारी निकायबीच समन्वयकारी ढंगले काम भइरहेको जानकारी दिए  । ध्यानाकर्षणमा रहेका बुँदाहरूलाई कार्यान्वयनका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ ।

    त्यस्तै एमालेले चाडपर्वमा हुनसक्ने महंगी र कालोबजारी रोक्न प्रभावकारी अनुगमन गर्नुपर्ने, सुपथ मूल्यका पसलहरू देश भरी खोल्नुपर्ने लगायतका सुझाव दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहज यात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।