Logo

२०८३, कार्तिक २७गते


images
images

खोटाङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो, यातायात दुईतर्फी ठप्प

खोटाङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो, यातायात दुईतर्फी ठप्प

images
  • खोटाङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो, यातायात दुईतर्फी ठप्प
    images

    खोटाङ‍ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सडकखण्डमा ठूलो पहिरो झरेको छ।

    images
    images
    images

    शुक्रबार मध्यान्ह १२ बजेको समयमा हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेटारस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा करिब ४० मिटरमाथिबाट पहिरो झरेको हो ।

    images
    images
    images

    उक्त पहिरोले सडकको करिब २० मिटर खण्ड पुरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    images
    images

    पहिरोले सडक अवरुद्ध हुँदा दुईतर्फ यातायात ठप्प भएको छ । अहिले पहिरो झरेको स्थानमा प्रहरी पुगिसकेको छ।

    प्रहरीका अनुसार सडक खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको छ । अहिले सडक विभागको एक्साभेटर पहिरो हटाउन पुगिसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।