Logo

२०८३, आश्विन ९गते


images
images

मायादेवी खानेपानीले वितरण गरेको पिउने पानीमा लेदो भेटियो

मायादेवी खानेपानीले वितरण गरेको पिउने पानीमा लेदो भेटियो

images
  • मायादेवी खानेपानीले वितरण गरेको पिउने पानीमा लेदो भेटियो
    images
    images

    देवदह । मायादेवी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वितरण गरेको पिउनेपानीमा लेदो भेटिएको छ । संस्थाले पिउन योग्य भनेर भवानीपुर क्षेत्रमा पठाएको पानीको धारामा लेदो भेटिएको हो ।

    images
    images
    images

    देवदह नगरपालिका वडा नं ४ का स्थानीय छवि भट्टराईले खानेपानीमा लेदो भेटिएको भन्दै संस्थाको कार्यसमितिले त्यसको जिम्मा लिनुपर्ने बताएका छन् । उनले सामाजिक संजालमा लेदो सहितको पानीको फोटो समेत सार्वजनिक  गरेका छन् । सेतोमसीसंग कुरा गर्दै अधिवक्ता समेत रहेका भट्टराईले शुद्ध खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको बताए । उनले भने, 'पटकपटक यसरी खानेपानीको धारामा लेदो आउँदा समेत सुधारको लागि पहल नगरिनु र खानेपानीको अवलोकन गर्न भन्दै पदाधिकारीहरू सिरुबारी भ्रमण जानुले उपभोक्ताप्रति संस्थाका पदाधिकारीहरू उदासिन रहेको देखाउँछ ।'

    images
    images
    images

    त्यसैगरी अर्का उपभोक्ता गणेश तिमिल्सिनाले खानेपानी निकै अशुद्ध रहेकोले समस्या समाधानमा ध्यान दिनुपर्ने बताए । उनले स्वास्थ्य संबेदशिलतालाई ध्यान दिंदै समस्या हल गर्नको लागि पाइप सफा गर्नुपर्ने विचार राखे ।

    images
    images
    images

    खानेपानीमा देखिएको समस्याबारे सेतोमसीले राखेको जिज्ञासामा संस्थाका अध्यक्ष चक्रपाणी तिवारीले सतहमा पानी नभएको र अनियमित विद्युत आपुर्तीका कारण समस्या भएको बताए । 'असारभन्दा पहिले फिल्टर नगरी उपभोक्ताको धारामा पानी पठाइएको भएपनि त्यसयता फिल्टर गरेर पानी  पठाइएको छ । पहिले नै पाइपमा जमेको लेदोको कारण समस्या भएको होकी भन्ने अनुमान छ ।' उनले भने, 'अन्य स्थानमा समस्या छैन तर भवानीपुर क्षेत्रका धारामा समस्या देखिएको गुनासो आएपछि परिक्षणको लागि खानेपानी डिभिजन कार्यालय योगीकुटीसंग प्राविधिक सहयोग मागिएको छ । शुक्रबारसम्म प्राविधिक टोलीले अध्ययन गरेर दिएको सुझाब अनुसार हामी अघि बढ्छौं ।'

    वि सं २०७३ सालमा स्थापना भएको मायादेवी खानेपानीमा हाल ९६५ घरधुरीले धारा जडान  गरेका छन् । जहाँ दैनिक ३ लाख लिटर पानी खपत हुने संस्थाले जनाएको छ । 

    दुइवटा बोरिङ्गबाट २२ सय घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको संस्थाले बिहान २ घण्टा र बेलुका २ घण्टा गरि दैनिक ४ घण्टा पानी वितरण गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।