Logo

२०८३, श्रावण २७गते


images
images

घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास

घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास

images
  • घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास
    images
    images

    पोखरा  ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको छ । 

    images
    images
    images

    घान्द्रुकको घ्युरीक्युला खोलानजिक अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरिया, अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले डम्पिङ साइडको एक कार्यक्रमका बिच शिलन्यास गरे । 

    images
    images
    images

    शिलन्यास कार्यक्रममा बोल्दै अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई प्लाष्टिक र फोहोर मुक्त बनाउने योजना रहेको बताए । 

    images
    images
    images

    ‘अन्नपूर्ण संरक्षण क्षेत्रभित्र गण्डकीका १५ वटा स्थानीय तह रहेका छन्, एक्यापको क्षेत्रभित्र रहेका पदमार्गमा पर्यटकहरुले लैजाने प्लाष्टिक र पानी तथा अन्य बोतलहरु जथाभावी फाल्दा प्रदुषण बढेको गुनासो आएको छ’, प्रमुख कडरियाले भने, ‘एक्यापसँग जोडिएका गाउँ तथा पर्यटकीय स्थलहरुलाई चाँडै नै प्लाष्टिक मुक्त बनाउने योजना अनुसार घान्द्रुकमा डम्पिङ साइडको शिलन्यास गरिएको हो, अभियान अन्य स्थानमा पनि सुचारु गछौं ।’

    एक्याप प्रमुख कडरियाले पर्यटकीय गाउँ घान्द्रुकमा कुहिने फोहोरको व्यवस्थापन भएपनि नकुहिने प्लाष्टिक तथा बोतलहरुको व्यवस्थापन गर्न डम्पिङ साइडको आवश्यक रहेको बताए । 

    ‘फोहोरलाई मोहरमा परिवर्तन गर्न नसक्दा फोहोर व्यवस्थापन हाम्रो मुख्य चुनौती बन्दै गएको छ, उनले भने, ‘घान्द्रुकको डम्पिङ साइडमा नकुहिने फोहोरलाई संकलन गरेर पोखरा लैजाछौं जसको ढुवानी खर्च एक्यापले नै व्यहोर्छ , एक्यापले पोखराको ग्रिन भेन्चर संस्थासँग विभिन्न स्थानमा संकलन भएको फोहोरलाई पुनः प्रयोग गर्न सम्झौता गरिसकेको छ ।’

    घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ गुरुङले घान्द्रुक पर्यटकहरुको आर्कषक केन्द्रमा रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी रहेको बताए । 

    ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य हो, घान्द्रुकलाई सफा सुग्घरसँग थप विकास गर्न सके पर्यटकहरुको आगमन अझै बढ्न सक्छ’ अध्यक्ष गुरुङले भने, ‘घान्द्रुकलाई सफा तथा फोहोर व्यवस्थापनका लागि एक्यापसँगको सहकार्यमा डम्पिङ साइड निर्माण गर्दै छौं, डम्पिङ साइड निर्माण भएसँगै नकुहिने फोहोर व्यवस्थापन गर्न सहज हुनेछ ।’

    उनले अन्नपूर्ण क्षेत्रमा भित्र रहेको पदमार्गहरुमा पर्यटकहरुको आगमनसँग फोहोर व्यवस्थापनमा चुनौती थपिएकाले नकुहिने फोहोर व्यवस्थापनका लागि नै डम्पिङ साइडमो निर्माण थालेको बताए । 

    ‘डम्पिङ साइड निर्माण गर्न एक्यापले सहयोग गर्ने आश्वासन दिएको छ, हामीले नै डम्पिङ साइड बनाउने योजना अगाडि बढाएर आज शिलन्यास गर्न सफल भएका छौं’, उनले भने, ‘घान्द्रुक हाम्रो पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी पनि हाम्रो नै त्यसैले घान्द्रुकलाई सफा राख्न डम्पिङ साइड निर्माण गर्न लागेका हौं ।’

    उनले यस अगाडि निर्माण गरेको डम्पिङ साइडमा समस्या रहेकाले नयाँ स्थानमा डम्पिङ साइड निर्माण गर्न लागेको बताए ।  अध्यक्ष गुरुङले पोखराको एक संस्थासँग समन्वय गरेर घान्द्रुकमा फोहोरको वर्गिकरण तथा व्यवस्थापनका लागि असोज ९ र १० गते २ दिने तालिमको समेत आयोजना गरिएको बताए ।

    घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग (एबिसी), मुल्डे,हिडन लेक, म्याग्दीको         घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा जाने आन्तरिकक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । घान्द्रुकमा पर्यटकहरुको संख्या तथा बसाई लम्बाउन चक्रिय पदमार्ग, पार्कहरु समेत निर्माण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डम्पिङ साइड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।