Logo

२०८३, कार्तिक २७गते


images
images

सुरक्षा संवेदनशीलता भन्दै अन्तरक्रिया स्थगित, अमेरिकामा प्रधानमन्त्री असुरक्षित !

सुरक्षा संवेदनशीलता भन्दै अन्तरक्रिया स्थगित, अमेरिकामा प्रधानमन्त्री असुरक्षित !

images
  • सुरक्षा संवेदनशीलता भन्दै अन्तरक्रिया स्थगित, अमेरिकामा प्रधानमन्त्री असुरक्षित !
    images

    काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले अन्य देशका प्रमुख तथा समकक्षीहरुसंग शिष्टाचार भेट तथा सम्बाद गरिरहेको भएपनी पुर्व निर्धारित अन्तरक्रिया स्थगित गरिनुलाइ राजनितिक वृत्तमा महत्वका साथ हेरिएको छ । कतिपय राजनितिक विश्लेषकले यसलाइ विश्वकै सर्वशक्तिमान राष्ट्रमा नेपालका प्रधानमन्त्री असुरक्षित भनेर टिप्पणी समेत गरेका छन् ।

    images
    images
    images

    न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ ।

    images
    images
    images

    यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।