Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन बहालमा दिने सम्बन्धी बोलपत्र आह्वानको सूचना

देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन बहालमा दिने सम्बन्धी बोलपत्र आह्वानको सूचना

images
  • सेतोमसी सहकर्मी
  • देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन बहालमा दिने सम्बन्धी बोलपत्र आह्वानको सूचना
    images
    images

    देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन बहालमा दिने सम्बन्धी बोलपत्र आह्वानको सूचना

    images
    images
    images

    चौथो पटक प्रकाशित मिति:-२०८१/०६/०७

    images
    images
    images

    देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन संचालन तथा व्यवस्थापन कार्यविधि, २०८० अनुसार देवदह नगरपालिकाको वडा नं. ७ स्थित नगरपालिकाको स्वामित्वमा रहेको बहुउद्देश्यीय कोशेली भवनको तोकिएका तल्ला, कोठा, सटर वा कुनै भाग बहालमा लगाउनका लागि योग्य, ईच्छुक नेपाली नागरिक वा दर्तावाल कम्पनी, फर्म वा संस्थाले देहायका शर्तहरुको अधिनमा रही बोलपत्र फारम दर्ता गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ।

    images
    images
    images

    शर्तहरु

    • बोलपत्र फारम देवदह नगरपालिकाको राजश्व शाखा बाट रु.१,०००/-(पछी फिर्ता नहुने गरि) बुझाई प्राप्त गर्न सकिनेछ।
    • यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन कार्यालय समय सम्ममा बोलपत्र बुझाई सक्नुपर्नेछ। बोलपत्र बुझाउने अन्तीम दिनको भोलिपल्ट दिनको ५:०० बजे सरोकारवाला पक्षका बीच यस कार्यालयमा बोलपत्र खोलिनेछ। सरोकारवाला पक्षको अनुपस्थितिले मात्र बोलपत्र खोल्न बाधा पर्नेछैन।
    • व्यक्तिको हकमा बोलपत्र प्रस्तुतकर्ताले नेपाली नागरिकताको प्रमाण पत्र र संस्था/कम्पनि/फर्मको हकमा दर्ता तथा नविकरणको प्रमाण पत्र, मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र र आ.व. २०७९/०८० सम्मको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
    • बोलपत्र खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सो पछी कार्यालय खुलेको दिन नै अन्तिम दिन मान्य हुनेछ।
    • बोलपत्रदाताले आफुले कबोल गरेको वार्षिक बहाल रकम अंक र अक्षरमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइनेछ।
    • सम्झौता गर्नुपूर्व वहालमा लिनेले प्रत्येक शटर/कोठाको रु.२५,०००/- (अक्षेरुपी पच्चीस हजार रुपैंया मात्र।-) का दरले धरौटी रकम नगरपालिकाको धरौटी खातामा जम्मा गर्नुपर्नेछ। धरौटी सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।
    • नगरपालिकालाई तिर्न/बुझाउनपर्ने रकम नबुझाएको व्याक्ति/कम्पनि/फर्म/संस्था को वोलपत्र स्वत: अस्वीकृत हुनेछ।
    • प्राप्त बोलपत्रहरूमध्ये बाट बहालवाला छनौट गर्दा बहुद्देश्यीय भवनको भुँई तलामा कृषि, पशुपंक्षी जन्य, स्थानीय उत्पादन र पर्यटनसँग सम्बन्धित हस्तकला आदि फर्म, कम्पनी, संस्था र व्यक्तिलाई पहिलो प्राथमिकता दिइनेछ।
    • बहुद्देश्यीय भवनको भुँई तलामा कृषि, पशुपंक्षी जन्य, स्थानीय उत्पादन र पर्यटनसँग सम्बन्धित हस्तकला आदि फर्म, कम्पनी, संस्था र व्यक्तिबाट रितपुर्वक कुनै आवेदन पर्न नआएमा वा कुनै कोठा, सटर वा कुनै भाग बाँकी रहेमा प्रचलित कानून अनुसार प्रतिस्पर्धा गराई अन्य ब्यक्ति¸ फर्म¸ कम्पनी र संघसंस्थालाई समेत बहालमा लगाउन सकिनेछ।
    • सम्झौता अवधि समाप्त भए पछि प्रचलित कानूनको अधिनमा रहि पूनः सम्झौता गरि, सम्झौता नविकरण गर्न सकिनेछ।
    • वहालमा दिने बहुउद्देश्यीय कोशेली भवनको कुनै तल्ला, कोठा, सटर वा कुनै भागको न्युनतम वहाल रकम नगरपालिकाको आर्थिक ऐनमा तोकिए बमोजिम हुनेछ। बहाल रकम निर्धारण गर्दा प्रचलित कानून अनुसार बोलपत्रदाताहरु बीच बढी बढाउमा बोल कबोल गराई बहाल रकम निर्धारण गरिनेछ। यसरी निर्धारण गरिएको बहाल रकम पहिलो पटकका लागि तिन वर्ष सम्मका लागि स्थिर रहनेछ र चौंथो आ.व. देखि प्रत्येक वर्ष ५% का दरले स्वतः वृद्धि भई उक्त आ.व. को बहाल रकम कायम हुनेछ।

    स्पष्टीकरण -"आर्थिक ऐनमा तोकिए बमोजिम" भन्नाले आर्थिक ऐनमा मासिक वा वार्षिक दर रेट भनि लेखिएकोमा सोहि बमोजिम र मासिक वा वार्षिक स्पष्ट उल्लेख नगरि दर रेट मात्र तोकिएको अवस्थामा उक्त दर रेटलाई मासिक दर रेट मानि वार्षिक बहालको न्युनतम दर रेट निर्धारण गरिनेछ।

    • नगरपलिकालाई आफ्नो कार्यालय प्रयोजनका लागि सम्झौता भएको तल्ला, कोठा, सटर,कुनै भाग वा सबै भवन आवश्यक परेमा दोश्रो पक्षलाई ९० दिनको सुचना दिई जानकारी गरईनेछ। यसरि सुचना दिंदा/प्रकाशन गर्दा उक्त आर्थिक वर्षको अन्त्यमा कम्तिमा ९० दिन पुग्नेगरी गरिनेछ।
    • बहालमा दिदा वढीमा ५ बर्ष सम्मको सम्झौता गरि उपलव्ध गराईने छ।
    • वातावरणीय तथा ध्वनी प्रदुषण हुने अन्य ब्यक्तीहरुलाई असर पार्ने लगायतका उद्योग ब्यबसाय संचालन गर्न पाउने गरि सम्झौता गरिने छैन।
    • वहालमा लिने व्यक्ती/ फर्मले सम्झौतामा तोकिएको पेशा व्यवसाय संचालन गर्नु पर्नेछ।
    • वहाल तथा बिजुली पानीको महसुल सम्झौतामा तोकिएको मितिमा नगरपलिका वा नगर कार्यपालिकाले तोके बमोजिम बुझाउनु पर्नेछ।
    • आफुले सम्झौता गरि लिएको घर पसल कोठामा स्वयम आफुले वा आफ्नो परिवारले मात्र व्यवसाय संचालन गर्न पाउने गरि सम्झौता गरिनेछ। यदि बहालवालाको परिवार बाहेक अरु कसैलाई नामसारी गर्नुपर्ने भएमा नगरपलिकामा निवेदन दिई अनुमति प्राप्त गरि बहालवाला परिवर्तन गर्न सकिनेछ। त्यसरी बहालवाला परिवर्तन गर्दा पहिलाको बाहालवाला सँगको शर्तहरु समान रहने गरि नया बाहालवाला र नगरपालिकाबीच सम्झौता गरि बहालमा लगाउनुपर्नेछ र नामसारी दस्तुर नगरपालिकाले तोकेको दस्तूर लाग्नेछ।आफु खुसी अर्कोलाई दिएमा सम्झौता रद्ध हुनेछ।
    • सम्झौतामा तोकिएको व्यवसाय वा पेशा परिवर्तन गर्नु परेमा नगरपलिकामा निवेदन दिई नगरपालिकाले तोकेको दस्तुर बुझाई पेशा परिवर्तनको अनुमति प्राप्त गरि पेशा परिवर्तन गर्न सकिनेछ।
    • बहालमा दिँदा वधशाला, मासुपसल, मदिराजन्य व्यवसाय र कानूनले निषेध गरेको पेशा व्यवसाय गर्न दिइने छैन।
    • वहालवालाले बहाल सम्झौता गर्दा सम्झौतामा तोकिए बमोजिमको प्रथम त्रैमासिकको बहाल रकम अग्रिम रुपमा सम्झौता गर्नुपूर्व बुझाउनु पर्नेछ। दोश्रो त्रैमासिक देखि तिन महिनाको अग्रिम बहाल रकम सोहि त्रैमासिकको पहिलो ७ दिन भित्र अनिवार्य रुपमा बुझाउनुपर्नेछ।
    • वहालवालाले सम्झौता बमोजिम मासिक रुपमा बुझाउनुपर्ने विद्युत, पानी तथा अन्य महशुल महिना सकिएको ७ दिनभित्र बुझाउनुपर्नेछ। वहालवालाले सम्झौतामा तोकिएको समयमा अग्रिम बहाल रकम, विद्युत, पानी वा अन्य महसुल नवुझाएमा पहिलो १ महिना सम्म महशुलको ५% जरिवाना असुल उपर गरिनेछ। दोश्रो महिनाको लागि १०% र तेश्रो महिना वा सो भन्दा बढि अबधीको लागि २५% का दरले जरिवाना असुल उपर गरिनेछ।
    • ७ महिनासम्म लगातार बुझाउनुपर्ने अग्रिम बहाल रकम र उक्त मितिसम्म नियमानुसार बुझाउनुपर्ने विद्युत, पानी तथा अन्य महशुल नबुझाएमा बाँकी वहाल रकम, महशुल तथा यस कार्यविधि बमोजिम लाग्ने जरिवाना असुल उपर गरि वहाल सम्झौता रद्ध गरि प्रहरी प्रशासनको रोहवरमा ताला लगाई आफ्नो कब्जामा लिइनेछ।
    • वहालवालाले आफुले सम्झौता गरि लिएको कोठामा आफुले पेशा व्यवसाय नगरी अरु ब्यक्तिलाई वढी बहाल लिई वा नलिई जुनसुकै व्यहोराले पनि नगरपालिकाको अनुमति र सम्झौताबिना अन्य व्यक्तिलाई पेशा व्यवसाय गर्न वा वस्न दिएको थाहा हुन आएमा तुरुन्त निजलाई हटाई धरौटी रकम जफत गरी कब्जामा लिइनेछ।
    • वहालमा लिने व्यक्तिले सम्झौता अनुसारको शर्त विपरित पेशा व्यवसाय गरेमा र सो व्यवसाय जनमानसमा असर गर्ने प्रकृतिको र गैरकानूनी भएमा धरौटी रकम जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।
    • स्वीकृत बोलपत्रदाताले सम्झौताका लागि कार्यालयले दिएको म्याद भित्र उपस्थित भई सम्झौता नगरेमा राखिएको धरौटी जफत हुनेछ।
    • स्वीकृत बोलपत्रदाताले राखेको धरौटी रकम सम्झौता अवधिभरका लागि धरौटीको रुपमा रहिरहनेछ।
    • प्रचलित कानून बमोजिम बहालवालाले बुझाउनुपर्ने कर बुझाएको निस्सा प्रत्येक वर्षको पुस मसान्तभित्र यस कार्यालयमा पेश गर्नुपर्नेछ।
    • स्वीकृत बोलापत्रदाताले कुनैपनि किसिमको परिस्थिति देखाई बहाल रकम र नियमानुसार बुझाउनुपर्ने अन्य महशुल मिनाहाका लागि दिईने निवेदन यस कार्यालयलाई स्वीकार्य हुनेछैन।
    • नेपाल सरकार तथा प्रदेश सरकारबाट जारि भएका ठेक्का समबन्धि निर्देशन तथा समय समयमा यस कार्यालयबाट दिइएका निर्देशन पालना गर्ने दायित्व स्वीकृत बोलापत्रदाताको हुनेछ।
    • बहाल सम्बन्धी सम्झौताको विषयमा कुनै विवाद भएमा यस कार्यालयको निर्णय मान्य हुनेछ।
    • यस सुचनामा भएका विषयहरु यसै बमोजिम र अन्य विषयका हकमा देवदह नगरपालिकाको बहुउद्देश्यीय कोशेली भवन संचालन तथा व्यवस्थापन कार्यविधि, २०८० तथा संघ र प्रदेशका प्रचलित कानून बमोजिम हुनेछ।

    बोलपत्रको दररेट सम्बन्धी विवरण

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सूचना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।