Logo

२०८३, आश्विन ११गते


images
images

श्रीलंकामा राष्ट्रपति चुनाव : वामपन्थी नेता दिसानायकेको सानदार अग्रता

श्रीलंकामा राष्ट्रपति चुनाव : वामपन्थी नेता दिसानायकेको सानदार अग्रता

images
  • श्रीलंकामा राष्ट्रपति चुनाव : वामपन्थी नेता दिसानायकेको सानदार अग्रता
    images
    images

    काठमाडौं । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेको सानदार अग्रता छ ।

    images
    images
    images

    श्रीलंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याए पुग्छ ।

    images
    images
    images


    दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ ।

    images
    images
    images


    दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् ।


    श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । बीबीसीका अनुसार निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ ।


    मतदान सकिएलगत्तै देशभर कर्फ्यु लगाइएको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणनाको क्रममा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गरी कर्फ्यु लगाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।


    श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक अवस्था बिग्रिएपछि विरोध प्रदर्शन भएको थियो । त्यसपछि पहिलोपटक नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । यस चुनावलाई देशको अर्थव्यवस्था सम्हाल्ने सरकारको जनमतसंग्रहको रुपमा हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।