Logo

२०८३, कार्तिक २७गते


images
images

कृषि फर्ममा आगलागी हुँदा एक सय बाख्रा मरे

कृषि फर्ममा आगलागी हुँदा एक सय बाख्रा मरे

images
  • कृषि फर्ममा आगलागी हुँदा एक सय बाख्रा मरे
    प्रतीकात्मक तस्वीर
    images

    सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका–७ बर्गाङमा सञ्चालित पासाङ डोल्मा कृषि तथा पशु पक्षी फर्ममा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

    images
    images
    images

    स्थानीय बुद्धबहादुर तामाङले सञ्चालन गरेको उक्त फर्ममा आगलागी हुँदा एक सय बाख्रा जलेर मरेको सञ्चालक तामाङले जानकारी दिए ।

    images
    images
    images

    शुक्रवार बेलुकी ७ बजे आसपासको समयमा बाख्राको लागि खोले पकाउने क्रममा गोठ नजिकै रहेको परालमा आगो सल्केर फर्ममा आगलागी भएको थियो ।

    images
    images

    स्थानीय र प्रहरी चौकी ठुलोपाखरबाट गएका प्रहरीहरूले बेलुकी अबेर आगो नियन्त्रणमा लिएका थिए ।

    चार वर्ष अगाडि स्थापना भएको कृषि तथा पशु फर्ममा आगलागी बाट एक सय बाख्रा मरेपछि अहिले गोठै रित्तिएको छ ।

    आगो ठुलो लागेकाले जम्मा एउटा मात्रै बाख्रा बचाउन सकिएको सञ्चालक तामाङले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि फर्ममा आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।