राजेश पराजुली, पोखरा । पोखराको महेन्द्रपुलमा नेवारी संस्कृती झल्कने फल्चा निर्माण गरिएको छ । पोखरा महानगरपालिका र विभिन्न दाताहरुको सहयोगमा पोखराको महेन्द्रपुलमा निर्माण सम्पन्न भएको नेवारी संस्कृती झल्काउने फल्चा संविधान दिवसको अवसर पारी उद्घाटन गरिएको छ ।
महेन्द्रपुलसंगै जोडिएको सार्वजनिक जग्गामा निर्माण भएको फल्चासंगै अत्याधुनिक शौचालय र तल्लो साइडमा झण्डा पार्क रहेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फल्चाको उद्घाटन गर्दै सार्वजनीक जग्गाको सदुपयोग गर्दै झण्डापार्क, अत्याधुनिक शौचालय र फल्चा निर्माण गरिएको उल्लेख गरे ।
पोखरा भाषा, साहित्य र प्रकृतिको शहर भएकाले भक्तपुरबाट सामाग्री मगाएर फल्चा निर्माण गरिएको महानगर प्रमुख आचार्यले बताए ।
पोखरा महानगरको १७ लाख ६० हजार र अन्य सहयोगी दाताहरुबाट करिव ५ लाख गरी कुल २२ लाख ४८ हजार १८ रुपैयामा उक्त फल्चा निर्माण सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology