Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तरपालिका वक्तृत्वकलामा बुटवलकी मनिषा प्रथम

अन्तरपालिका वक्तृत्वकलामा बुटवलकी मनिषा प्रथम

images
  • अन्तरपालिका वक्तृत्वकलामा बुटवलकी मनिषा प्रथम
    images

    बुटवल । सविधान दिवस तथा राष्ट्रिय दिवस २०८१को अवसरमा आयोजित अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा बुटवलको कालिका मानवज्ञान माविकी मनिषा पराजुली प्रथम भएकी छिन्।

    images
    images
    images

    नेपालको संविधान र कार्यान्वयनका समस्याबारे विभिन्न पालिकाहरुबाट छनोट भएर आएका ९ जनाबीच बुटवलमा भएको प्रतिस्पर्धामा भैरहवाको पश्चिमाञ्चल बोर्डिङ स्कुलकी निर्जरा पोखरेल द्वितिय, देवदहको सगरमाथ माविकी  शिक्षा पौडेल तृतिय र ओमसतियाको सनलाइट बोर्डिङ स्कुलका प्रिन्सकुमार शाहले सान्त्वना स्थान हासिल गरे। प्रतियोगितामा प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुनेले क्रमश: १५ हजार, १२ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद तथा प्रमाण पत्र प्राप्त गरे ।

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए।
    कार्यक्रममा बोल्दै प्रमुख चपाइँले विद्यालयस्तरबाटै संविधान र देशका कानुनबारे जानकारी गराउने उदेश्यसहित आयोजना गरेको वक्तृत्वकला उपयोगी रहेको बताए।

    images
    images

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालयस्तरका बालबालिकामा संविधानबारेको जानकारी खुशीलाग्दो भएको भन्दै विद्यार्थीलाई थप ज्ञान हासिल गर्दै अगाडि बढ्न आग्रह गरे।

    उपप्रमुख सावित्रादेवी अर्यालले वक्तृत्वकलाले विद्यार्थीमा वाककलाको विकास गर्ने र यसले व्यक्तित्व विकासमा महत्व राख्ने बताइन् ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्यार्थीहरुले घोक्ने भन्दा बढी सिकाइमा ध्यान दिनुपर्ने बताए।

    प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा शालिकराम पौडेल, बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख तुलसा अर्याल र सिद्धार्थ क्याम्पसकी रिता रेग्मी निर्णायक रहेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।