Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा दिवस : देवदहमा शिक्षकलाई 'जीवन विज्ञान' प्रवचन

शिक्षा दिवस : देवदहमा शिक्षकलाई 'जीवन विज्ञान' प्रवचन

images
  • शिक्षा दिवस : देवदहमा शिक्षकलाई 'जीवन विज्ञान' प्रवचन
    images
    images

    देवदह ।  राष्ट्रिय शिक्षा दिवसको अवसरमा देवदहमा शिक्षकलाई प्रशिक्षण दिइएको छ । 'शिक्षामा स्वजागरण' शीर्षकमा आयोजित कार्यक्रममा सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई जीवन विज्ञान विशेषज्ञ एल पि भानु शर्माले प्रशिक्षित गरे । 

    images
    images
    images

    सुख, शान्ति र समृद्धिको जागरणको लागि आयोजना गरिएको प्रशिक्षणमा शिक्षकलाई तनाब व्यवस्थापन, समय व्यवस्थापन र कार्यालय व्यवस्थापनबारे शर्माले प्रवचन दिए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा विना समाज समृद्ध हुन नसक्ने बताए । नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै उनले आवश्यक विद्यालयमा दरबन्दी मिलान गर्ने र शिक्षकलाई प्रोत्साहन गर्ने काममा नगरपालिका लागिरहेको बताए । उनले भने "जीवन विज्ञानको प्रशिक्षणले शिक्षकमा थप उर्जा प्रवाह गर्ने र त्यसले विद्यार्थीको नतिजामा सकारात्मक परिवर्तन ल्याउनेछ ।"
     
    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे लगायतले बोल्दै कार्यक्रम शैक्षिक गुणस्तर वृद्धिमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

    images
    images
    images

     'ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता' भन्ने नाराका साथ बुधबार देशभर शिक्षा दिवस विशेष कार्यक्रमहरू भएका छन् । 

    सरकारले संविधानको मौलिक हक कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गत वर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो ।

    संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन् ।

    वि सं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकोमा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलग रूपमा मनाउन थालिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।