काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा नियमित उपस्थित भएका सांसदका नाम सार्वजनिक गर्न आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महिनाको अन्तिम दिन १० दिन अनुपस्थित रहेका सांसदहरूको नाम सार्वजनिक गरिने भएकाले अबदेखि नियमित उपस्थितिको पनि नाम सार्वजनिक गर्न सभामुखसँग आग्रह गरेका हुन् ।
‘सभामुखलाई मेरो आग्रह छ । हरेक महिनाको अन्तिम दिन संसद्मा १० दिन अनुपस्थिति रहने सांसदको नाम सार्वजनिक गरिन्छ ।
अबदेखि नियमित उपस्थित हुने सांसदहरूको पनि सार्वजनिक गरियोस्’, उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology