काठमाडौं । जनगायक तथा जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो ।
मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेको थियो।
स्रोतका अनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology