Logo

२०८३, श्रावण २७गते


images
images

गरिमा सहकारीको १४औं वार्षिक साधारणसभा

गरिमा सहकारीको १४औं वार्षिक साधारणसभा

images
  • गरिमा सहकारीको १४औं वार्षिक साधारणसभा
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिका  वडा नं. ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारीले १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । 

    images
    images
    images

    साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी  विभाग प्रमुख गुणाखर खनालले शेयर सदस्यहरुको सक्रियताले सहकारीलाई बलियो बनाउने बताए ।  पछिल्लो समय सहकारीहरुमा समस्या रहेको बताउँदै  उनले सहकारी बलियो बनाउन सञ्चालक समिति र शेयर सदस्य दुबै सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।
     
    कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाका प्रमुख नारायण बेल्बासेले सहकारीको सुचक अंक हेर्दा सकारात्मक रहेको बताउँदै यसलाई निरन्तरताको लागि आर्थिक पारदर्शीता र ऋण लगानीमा ध्यान दिनुपर्ने सुझाव दिए । 

    images
    images
    images

    सहकारीका अध्यक्ष विष्णु बहादुर थापाले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष छविलाल अर्यालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक डोलराज शर्माले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।  

    images
    images
    images

    २०६७ साल बैशाख १ गतेका दिन बुटवल धागो कारखानाका श्रमिकहरुबाट प्रारम्भ गरी  २०६७ साल साउन २५ गते गरिमा सहकारी दर्ता भएको हो ।

    २५ जना सेयर सदस्यहरुबाट  कुल १ लाख २५ हजार पूँजीबाट विधिवतरुपमा सञ्चालनमा आएको सहकारी १४ औं साधारणसभामा आईपुग्दा  संस्थाको  शेयर पुँजी रु २ करोड १ लाख ७१ हजार १ सय, बचत संकलन रु १५ करोड १२ लाख ८४ हजार २ सय ४४ रुपैया ५ पैसा र  लगानीमा रहेको ऋण रकम रु १४ करोड ७२ लाख ६८ हजार ७ सय ४७ रुपैयाँ रहेको छ  भने हाल संस्थामा कुल १ हजार ७१ जना सेयर सदस्यहर आवद्ध रहेका छन् ।

    सोही अवसरमा एसईई र प्ल्सटुमा  उत्कृष्ट जीपीए ल्याउने शेयर सदस्यका छोराछोरी,  शेयर सदस्य वृद्धि गर्ने शेयर सदस्यहरु,  रक्तदाता, जेष्ठ शेयर सदस्यहरुलगायतलाई सहकारीले सम्मान गरेको थियो । 

    सहकारीका अध्यक्ष विष्णु बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रञ्जु भट्टराईको स्वागत मन्तव्यमा सचिव नगेन्द्र प्रसाद यादवको सञ्चालनमा  कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।