Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा राजश्व शिविर, तीन दिनमा ८२ जनाले लिए सेवा

देवदहमा राजश्व शिविर, तीन दिनमा ८२ जनाले लिए सेवा

images
  • देवदहमा राजश्व शिविर, तीन दिनमा ८२ जनाले लिए सेवा
    images

    देवदह । देवदह नगरपालिका वडा नं ९ ले राजश्व शिविर संचालन गरेको छ । वडाको भलुही क्षेत्रभित्र वसोवास गर्ने नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै सरल र सहज रुपमा राजश्व भुक्तानी सेवा प्रवाह गर्न भदौ २४ देखि २६ गतेसम्म तीनदिने राजश्व शिविर सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images

    भलुही क्षेत्रमा आफ्नो सम्पत्ति कर, व्यवसाय कर, घर वहाल कर एवम् अव्यवस्थित बसोबासी जग्गाको तिरो भुक्तानी गर्नका लागि राजश्व शिबिर आयोजना गरिएको वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए । "देवदह नगरपालिकामै पहिलोपटक हामीले राजश्व शिबिर गरेका छौ ।" उनले भने,  "मुलत: वडा कार्यालयमा आउन मुस्किल हुने नागरिकलाई उहाँहरूलाई पायक पर्ने स्थानमा सेवा दिने उद्देश्यले राजश्व शिविर संचालन गरिएको हो ।"

    images
    images
    images

    शिबिरमा ८२ जनाले सेवा लिएको वडा कार्यालयका कर्मचारी सुनिल गिरीले जानकारी दिए । उनले भने, " तीन दिनमा ८२ जना सेवाग्राहीबाट एक लाख ५८ हजार राजश्व संकलन भएको छ । अझै ४० वटा फाईल प्राप्त भएर पनि काम गर्न सकिएको छैन । भदौ ३ गतेबाट पुन: शिबिर संचालन हुनेछ ।"  

    images
    images

    देवदह नगरपालिका र यस अन्तरगतका कार्यालयले घुम्ती शिविर मार्फत गरेका काम प्रभावकारी देखिएको छ । यसअघि देवदह नगरपालिकाले वडा कार्यालयमै योजना सम्झौताको लागि घुम्ती शिविर समेत संचालन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजश्व शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।