Logo

२०८३, आश्विन १०गते


images
images

कालीकोटमा हाइस दुर्घटना, आठजना घाइते

कालीकोटमा हाइस दुर्घटना, आठजना घाइते

images
  • कालीकोटमा हाइस दुर्घटना, आठजना घाइते
    images
    images

    कालीकोट । कर्णाली राजमार्गअन्र्तगत कालीकोटको तिलागुफा नगरपालिका–५, खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस शनिबार दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    हाइसमा १८ जना सवार थिए । घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजिते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्लाकै कनकासुन्दरी गाउँपालिका–६ का ३९ वर्षीय कर्ण भण्डारी, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिए ।

    images
    images
    images

    राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । गाडीको ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।